उपचारार्थ लगेका ८ यात्रुको मृत्यु, मृतकको संख्या ३०

उपचारार्थ लगेका ८ यात्रुको मृत्यु, मृतकको संख्या ३०

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको यूएस बंगलामा रहेका यात्रुहरुको उद्धारगरी उपचारलाई अस्पताल लैजाने क्रममा ८ जनाको मृत्यु भएको छ ।

चालक दलका ४ सदस्य सहित ६७ यात्रु सवार भएको उक्त विमान अवतरणको क्रममा अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको थियो । विमानमा आगो लागेको कारण धेरै यात्रुहरुको जलेर मृत्यु भएको छ । उद्धारकर्ताहरुले २२ भन्दा बढीको शव जलेको विमानवाट झिकेका छन् । बाँचेको आशंका गरिएका १४ यात्रुलाई नजिकै रहेको काठमाडौं मेडिकल कलेजमा उपचारार्थ लगिएको छ । जसमा ८ जनाको मृत्यु वाटोमा र उपचारार्थ भएको जनाईएको छ । उक्त विमानमा नेपालीहरु पनि सवार रहेको जनाइएको छ । उक्त विमानमा दुई दर्जनभन्दा बढी नेपाली सवार रहेको जनाईएको छ ।

घटना लगत्तै प्रधानमन्त्री केपि शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा घटनास्थल पुगेर उद्धारको जानकारी लिनु भएको थियो ।

Logo