नयाँ अभ्यासको प्रस्ताव सहित साझा विकासको एजेन्डा लिएर चुनावी मैदानमा तिमिल्सिना

नयाँ अभ्यासको प्रस्ताव सहित साझा विकासको एजेन्डा लिएर चुनावी मैदानमा तिमिल्सिना

केन्द्रबिन्दु
60
Shares

पर्वत । प्रतिनिधि सभा सदस्य उम्मेदवार मनहरि तिमिल्सिनाले विकासको बाटो एक्लो नभई सामूहिक हुने स्पष्ट सन्देश दिएका छन् । उनले इतिहासले पनि कुनै एक व्यक्तिले सबै काम एक्लै गर्न नसक्ने कुरा प्रमाणित गरिसकेको उल्लेख गर्दै सहकार्य, सहअस्तित्व र साझा सोचको आवश्यकतामा जोड दिएका छन् ।
केन्द्रविन्दुसँगको विशेष कुराकानीमा तिमिल्सिनाले अग्रज पुस्ताले दिएको अमूल्य योगदानप्रति सम्मान व्यक्त गर्दै उनीहरूले सुरु गरेका अधुरा सपना पूरा गर्ने जिम्मेवारी लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो राजनीतिक यात्रा कुनै एक दलमा सीमित नरही सबैको साझा प्रतिनिधिको रूपमा रहेको बताए।

“म आफूलाई सबैको आवाज सुन्ने, सबैको पीडा बुझ्ने र सबैको आशालाई जोड्ने प्रतिनिधि ठान्छु,” उनले भने ।

उनले चुनावी प्रतिस्पर्धालाई आपसी दूरी र विभाजनको माध्यम नबनाउन आग्रह गर्दै सबै उम्मेदवार एकै ठाउँमा उभिएर जिल्लावासीलाई एकताको सन्देश दिनुपर्ने धारणा राखेका छन् । फरक–फरक मञ्चमा उभिएर आलोचना गर्नेभन्दा साझा मञ्चबाट विकासप्रतिको प्रतिबद्धता देखाउनुपर्ने उनको भनाइ छ ।

“यदि हामी हातेमालो गरेर अघि बढ्न सक्यौं भने पर्वतको समृद्धि र विकासतर्फ हामी धेरै कदम अगाडि बढ्नेछौं,” तिमिल्सिनाले भने ।

उनले ‘हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ’ भन्ने भनाइ उद्धृत गर्दै त्यो पहिलो पाइला आजै, एकताबाट सुरु गर्नुपर्ने बताए । जिल्लाको समग्र विकासको मोडल आँफूसँग भएको उल्लेख गर्दैै तिमिल्सिनाले निश्चित भिजन र मिसन र संकल्पबाट मात्र त्यो सम्भव भएको औँलाए । उम्मेदवारले व्याक्तिगत र दलिय स्वार्थभन्दा माथि उठेर आफ्नो जिम्मेवारी र कर्तव्य पुरा गर्न सकेमा मात्र असल नेतृत्व स्थापित हुने धारणा व्यक्त गरे ।

तिमिल्सिनाले जिल्लावासी सम्पुर्ण आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरुलाई तारा चिन्हमा मतदान गर्न आग्रह गर्दै जनताले लगाएको गुन जनतालेनै अनुभव हुनेगरी तिर्न आँफू जस्तोसूकै मूल्य चुकाउन पनि पछी नपर्ने प्रतिवद्धता व्यक्त गरे ।

Logo