त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृतक २० जनाको शब् निकालिएको छ। बंगलादेशको ढाकाबाट आएको युएस बंगला ७३८ एयर क्राफ्ट अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भएको हो।
ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घना भएकाे हो। विमानमा रनवे मै आगो लागेको थियो भने आगलागीबाट विमान पूर्ण रुपमा क्षति भएको छ।
विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए। विमानमा रहेका १४ जनाको उद्धार गरि उनीहरुलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको छ।
अहिलेपनि आगो सम्पूर्ण रुपमा नियन्त्रण आईसकेको छैन।































प्रतिक्रिया