राष्ट्रिय सभा अध्यक्षमा गणेश तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्षमा गणेश तिमिल्सिना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा अध्यक्षमा नेकपा एमालेका उम्मेदवारमा गणेश तिमिल्सिनाले उम्मेद्वारी मनोनयन गरेका छन् । तोकिएको समय दिउसो १ बजेसम्म उनका विरुद्धमा कसैले पनि उम्मेदवारी नदिएकाले उनी निर्बिरोध भएका हुन् । औपचारिक घोषणा भने बुधबार हुने जनाइएको छ ।

वाम गठबन्धनका तर्फवाट उम्मेदवारी दिएका उनको प्रस्तावमा एमालेका खिमलाल भट्टराई र समर्थकमा एमालेका सुमनराज प्याकुरेल र माओवादी केन्द्रका दीनानाथ शर्मा रहेका थिए ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तिमिल्सिना प्रदेश ४ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

 

Logo