काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल विजयी भएकी छन् ।
कर्णालीमा राष्ट्रियसभाका दुई पदका लागि निर्वाचन भएको थियो । जसमा अन्य कलस्टरबाट उम्मेदवार कांग्रेस प्रदेश सभापति शाही र महिलातर्फ एमालेकी केन्द्रीय सदस्य रखाल निर्वाचित भएका हुन् ।
काँग्रेसका शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १०० मत पाए । पराजित भएका नेकपाका उम्मेदवार शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गरे ।
साथै एमालेकी रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तह तर्फ ९३ मत पाएकी छिन् । यता महिलातर्फकी उम्मेदवार अन्जु महतराले भने प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत पाइन् । खसेको कुल मतमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।





























प्रतिक्रिया