दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म

दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म

केन्द्रबिन्दु
36
Shares

चन्द्रपुर। विगत ३५ वर्षदेखि दलित समुदायको हकअधिकारका क्षेत्रमा वकालत गर्दै आएका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट दलित ‘क्लष्टर’बाट उम्मेदवारी दर्ता गराएका पासवान आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भएका हुन् । उनले सात हजार ९०४ मतभार प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका रामनन्द प्रसादले एक हजार ३७६ जनता समाजवादी पार्टीकी चमेली देबी दासले २०९ मतभार प्राप्त गरिन् ।

निर्वाचित पासवानले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । उनी लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध थिए । नेता पासवानले बाल्यकालदेखि नै समाजमा व्याप्त विभेद, अन्याय र बहिष्करण विरुद्ध आवाज उठाउँदै आएका थिए ।

रौतहट परोहा नगरपालिका–३ का पासवानले राजनीति शास्त्रमा स्नातक गरेका छन् । साधारण परिवारमा जन्मिनु भएका पासवानले बाल्यकालमै दलित समुदायले भोग्दै आएको पीडा, अपमान र अवसरको अभाव नजिकबाट अनुभव गर्नुभएको थियो । यही अनुभवले पद र प्रतिष्ठाभन्दा माथि उठेर दलित हकअधिकार, सामाजिक न्याय र समावेशी लोकतन्त्रको स्थापनाका लागि निरन्तर आफूलाई सङ्घर्षरत रहेको उनको भनाइ छ ।

पासवानले विभिन्न गैरसरकारी संस्थामार्फत समाजसेवामा उल्लेखनीय योगदान पु¥याएबापत अन्तरराष्ट्रियस्तरका पुरस्कार प्राप्त गरेका छन् । हाल उनी दलित सङ्घको केन्द्रीय महासचिवको जिम्मेवारीमा पनि छन् ।

दलित समुदायको हकअधिकारका लागि आफू निरन्तर सङ्घर्षरत रहेपनि  सोचे जस्तो उपलब्धि प्राप्त गर्न नसकेको उनको गुनासो छ । दलित समुदायको आर्थिक समाजिक विकासका लागि अझै पनि निस्वार्थ भएर लडिरहने उनको प्रतिबद्धता छ । पासवानले राष्ट्रिय सभामा गएर पनि दलित समुदायको उत्थानका लागि आवाज बुलन्द गर्ने प्रतिक्रिया 

Logo