काठमाडौं उपत्यकामा आज ९७३ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ९७३ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ९७३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा ७६ हजार ८४ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ६ हजार ८४८ जना कोरोना संक्रमित छन् । ललितपुरमा १० हजार ८७७ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ९३ हजार ८०९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । आज १ हजार ९१३ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ । आज मात्र १५ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ६४ हजार ९९२ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ३४९ छ ।

आजको पिसिआर परीक्षण १० हजार २२ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख ४४ हजार ३१७ रहेको छ । आज ३८ हजार ४६१ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo