उम्मेदवारका लागि एकै प्रकृतीका दुई बैंक खाता खोल्न सकिने व्यवस्था

उम्मेदवारका लागि एकै प्रकृतीका दुई बैंक खाता खोल्न सकिने व्यवस्था

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले एउटै प्रकृतिका दुई बैंक खाता खोल्न सक्ने सुविधा नेपाल राष्ट्र बैंकले दिएको छ ।

निर्वाचन आयोगको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले उम्मेदवारको खाता खोल्न सक्ने व्यवस्था गरेको र चुनाव अवधिभर सञ्चालन गर्न पाउने केन्द्रिय बैंकले जनाएको छ । तर, निर्वाचन समाप्ति पछि आयोगको निर्णयले खाता बन्द नगरेसम्म मात्र यो सुविधा मान्य हुनेछ ।

प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसअनुसार प्रत्येक दल र त्यसबाट प्रतिनिधित्व गर्ने उम्मेदवारले छुट्टै बैंक खाता खोली चुनाव खर्च कारोबार गर्नुपर्ने व्यवस्था छ। यसरी खुल्ने खाताले उम्मेदवारको आम्दानी र खर्च पारदर्शी बनाउने उद्देश्य राखेको छ ।

केन्द्रीय बैंकका अनुसार, सामान्य अवस्थामा एउटै प्रकृतिका एकभन्दा बढी खाता खोल्न नपाइने नियम भए पनि निर्वाचन प्रयोजनका लागि यसपटक विशेष अनुमति प्रदान गरिएको हो।

Logo