काठमाडौँ
राष्ट्रिय सभा अध्यक्ष बन्न एमालेका दुई नेताले पार्टी भित्र लबिङ तीव्र बनाएका छन् । पार्टी र वाम गठबन्धन भित्र कसलाई नेतृत्वमा लैजाने भन्ने विषयको छलफल सुस्ताइरहेका बेला एमाले पोलिटब्युरो सदस्यद्वय परशुराम मेघी गुरुङ र गणेश तिमल्सिनाले नेतृत्वमा इच्छा देखाएका हुन् । "/>

राष्ट्रिय सभा नेतृत्वमा दुई आकांक्षी

राष्ट्रिय सभा नेतृत्वमा दुई आकांक्षी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
राष्ट्रिय सभा अध्यक्ष बन्न एमालेका दुई नेताले पार्टी भित्र लबिङ तीव्र बनाएका छन् । पार्टी र वाम गठबन्धन भित्र कसलाई नेतृत्वमा लैजाने भन्ने विषयको छलफल सुस्ताइरहेका बेला एमाले पोलिटब्युरो सदस्यद्वय परशुराम मेघी गुरुङ र गणेश तिमल्सिनाले नेतृत्वमा इच्छा देखाएका हुन् । एमाले र माओवादी केन्द्रबीच भएको पदीय बाँडफाँट अनुसार एमालेको भागमा राष्ट्रिय सभा अध्यक्ष परेको छ । तर सो जिम्मेवारी कसलाई दिने भन्ने निर्णय पार्टीले गरेको छैन । उनीहरूले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित दुवै पार्टीका प्रभावशाली नेतालाई भेटेर नेतृत्वमा आकांक्षा देखाएका हुन् ।

आकांक्षी मध्येका गुरुङले पार्टीमा आफूले गरेको योगदानको मूल्यांकन गरेर जिम्मेवारी दिए आफू तयार रहेको बताए । उनले आफूलाई पार्टीले न्याय गर्नेमा विश्वास रहेको बताए ।अर्का दाबेदार तिमल्सिनाले आफ्नो अनुभव र विगतका जिम्मेवारीका कारण पार्टीले अध्यक्षका रूपमा अघि सार्ने बताए । संसद सचिवालयले राष्ट्रिय सभाको अध्यक्षका लागि २८ फागुनमा उम्मेदवारी र ३० फागुनमा निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । संविधानको धारा ९२ मा राष्ट्रिय सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र राष्ट्रिय सभाका सदस्यहरूले आफू मध्येबाट राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

अध्यक्ष र उपाध्यक्ष मध्ये एक महिला नै हुनु पर्ने अनिवार्य व्यवस्था संविधानमै उल्लेख छ । तर एमालेभित्र राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष को हुने भन्ने विषयमा औपचारिक छलफल भएको छैन । २९ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । एमालेले राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि सारिसकेको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo