भृकुटीमण्डपमा बाइक किन्नेको भीड, बजाजको ‘नेक्स्ट जेन’ कार्निभलले तान्यो ध्यान

भृकुटीमण्डपमा बाइक किन्नेको भीड, बजाजको ‘नेक्स्ट जेन’ कार्निभलले तान्यो ध्यान

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। नयाँ मोटरसाइकल किन्ने योजना बनाइरहेका ग्राहकका लागि भृकुटीमण्डप यतिबेला आकर्षणको केन्द्र बनेको छ। बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आयोजना गरेको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ ले एकै ठाउँमा बाइक, फाइनान्स र एक्सचेन्जको सुविधा उपलब्ध गराएपछि ग्राहकको उल्लेख्य चासो देखिएको छ।

माघ ११ गतेदेखि सुरु भएको कार्निभल माघ १७ गतेसम्म चल्ने छ। कार्निभलमा बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू प्रत्यक्ष अवलोकन, परीक्षण र खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

यस कार्निभलको मुख्य आकर्षणका रूपमा बजाज पल्सर २२० एफ एफआई बीएस६ लाई पहिलोपटक सार्वजनिक गरिएको छ। लोकप्रिय पल्सर सिरिजको यो नयाँ संस्करणमा फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन प्रविधि, एबीएस र नयाँ ग्राफिक्स समावेश गरिएको छ। यसको सुरुवाती मूल्य ४ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

कार्निभलमा पुराना मोटरसाइकल साटेर नयाँ बजाज बाइक किन्न चाहनेहरूका लागि विशेष एक्सचेन्ज सुविधा उपलब्ध छ। २२ भन्दा बढी अनुभवी भ्यालुएटरमार्फत बाइकको मूल्यांकन गरिने र बजार मूल्यभन्दा बढी ८ हजार रुपैयाँसम्म अतिरिक्त भ्यालुएसन पाइने कम्पनीले जनाएको छ।

त्यस्तै, नागरिकताको आधारमा बाइक लोन, अन–द–स्पट फाइनान्स, निःशुल्क एसेसरिज र पाँच वर्षको वारेन्टीले ग्राहकलाई सहज र सुरक्षित खरिदको विकल्प दिएको छ।

हंसराज हुलासचन्द एण्ड कम्पनीका अनुसार, यो कार्निभल मोटरसाइकल खरिद प्रक्रियालाई सरल बनाउने उद्देश्यले आयोजना गरिएको हो। एउटै स्थानमा बाइक छनोटदेखि फाइनान्स र एक्सचेन्जसम्मको सुविधा पाउँदा ग्राहकलाई समय र झन्झट दुवै कम भएको कम्पनीको दाबी छ।

भृकुटीमण्डपमा चलिरहेको यो कार्निभलले नयाँ बाइकप्रेमी मात्र होइन, पुरानो बाइक साटेर नयाँ प्रविधिको मोटरसाइकल चढ्न चाहनेहरूलाई पनि आकर्षित गरिरहेको छ।

Skip This
Skip This
Logo