आगामी निर्वाचनलक्षित कांग्रेस बागमती प्रदेशको बैठक सुरु, यस्ता छन् एजेण्डा

आगामी निर्वाचनलक्षित कांग्रेस बागमती प्रदेशको बैठक सुरु, यस्ता छन् एजेण्डा

केन्द्रबिन्दु
183
Shares

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा अहिले बसिरहेकाे छ ।

बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लगायत प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरूको उपस्थिति रहेकाे छ । बैठकले मुख्य रूपमा निर्वाचन परिचालन र व्यवस्थापनसँग सम्बन्धित प्रस्तावहरूमाथि छलफल र निर्णय गर्ने बताइएकाे छ ।

विशेषगरी युवा र स्वयंसेवक परिचालनलाई प्राथमिकतामा राखेर कांग्रेसले आफ्नो ‘चुनावी अभियान’लाई तल्लो तहसम्म लैजाने रणनीति बनाएको बुझिएको छ।

Logo