काठमाडौँ 

गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक नगेन्द्र शर्माको ८६ वर्षको उमेरमा आज निधन भएको छ । "/>

साहित्यकार तथा गोरखापत्रका पूर्वमहाप्रबन्धक शर्माको निधन

साहित्यकार तथा गोरखापत्रका पूर्वमहाप्रबन्धक शर्माको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ 

गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक नगेन्द्र शर्माको ८६ वर्षको उमेरमा आज निधन भएको छ । 

मृर्गौला रोगबाट पीडित शर्माको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको परिवारले जनाएको छ । 

विसं २०४१ मा शर्मा संस्थानको महाप्रबन्धक बन्नुभएको थियो । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । 

पश्चिम बंगालको खर्साङमा नेपाल आएर साहित्य सृजनामा लागेका शर्माका निबन्ध संग्रहहरु ‘नगेन्द्रका निबन्ध’, ‘अण्डादेखि भ्यागुत्तोसम्म’, र ‘बनारसमा बेचिएकी बहिनी (निबन्धसंग्रह) प्रकाशित छन् । 

यस्तै, मेचीदेखि महाकालीसम्म (सहलेखन), फोल्क टेल्स् अफ नेपाल (जापानीमा अनूदित), नेपाल ए टू जेड, नेपाली लिट्रेचर इन ए नटसेल, सेक्रेटस अफ सांग्रिला, ‘अनुस्मरण’ (संस्मरण) सहितका झण्डै दुई दर्जन कृति प्रकाशित छन् ।

उनले बीपी कोइरालाको ‘हिटलर र यहुदी’ र झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ लाई अंग्रेजी अनुवादमा ल्याएका छन् । शर्माको ‘नगेन्द्रका २५ निबन्ध’ नामको संग्रह यो साता मात्रै प्रकाशित भएको छ ।

रासस

Logo