मूलपानीमा लुटेरा समूहमाथि प्रहरीको कारबाही, एक घाइते, १० पक्राउ

मूलपानीमा लुटेरा समूहमाथि प्रहरीको कारबाही, एक घाइते, १० पक्राउ

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ। काठमाडौँको मूलपानीमा सक्रिय लुटेरा समूहमाथि प्रहरीले कारबाही गरेको छ । लुटेरालाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड गोली समेत चलाएको छ । घटनामा समूहका एकजना नाइके घाइते भएका छन्। उनको उपचारका लागि तुरुन्तै ट्रमा सेन्टर लगिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकारीहरूले जानकारी दिएका अनुसार उपत्यकाका विभिन्न क्षेत्रमा लुटपाटको घटना गरिरहेका १० जनालाई नियन्त्रणमा लिइएको छ । यस क्रममा दुई प्रहरी घाइते भएका छन्। प्रहरीले आवश्यक सुरक्षा र नियन्त्रणका लागि दुई राउन्ड गोली चलाएको वताएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका लुटेरा समूहले गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुरमा आतंक मच्चाइरहेका थिए। अहिलेसम्म उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

एसपी रमेश थापाले भने, “सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रयास भएपछि मात्र कारबाही गरिएको हो। घटनालाई पूर्ण नियन्त्रणमा ल्याइएको छ।” थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Logo