पर्वत। नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो आफ्नो चुनावी अभियान सुरु गरेका छन्।
अभियानको पहिलो दिन बुधवार उनी कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीबाट सुरु गरेर कटुवाचौपारी हुँदै खानीगाउँ पुगे। यहाँ उनले स्थानीयसँग भेटघाट गर्दै आफ्नो विकास योजना र प्राथमिकताबारे जानकारी दिएका छन्।
जोशीले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी र गरिब–निमुखा लक्षित कार्यक्रम लागू गर्ने योजना राखेका छन्। उनले वडास्तरमा घरदैलो कार्यक्रम, स्थानीय समस्या सुन्ने र सुझाव सङ्कलन गर्ने योजना सहित चुनावी अभियानमा लागेका छन् । जोशीले युवालाई रोजगारीको अवसर सिर्जना गर्ने, कृषि आधुनिकीकरण र सामुदायिक विद्यालय सुधारमा जोड दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । घरदैलो कार्यक्रममा जोशीले भने,“पर्वतको विकास मेरो पहिलो प्राथमिकता हो। सडक, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा सबै वडामा निशुल्क पुर्याउनेछु।”
युवालाई रोजगारीका अवसर दिन, कृषि आधुनिकीकरण र व्यवसायिक प्रशिक्षणको व्यवस्था गर्ने,गरिब, निमुखा र असहायका लागि विशेष प्याकेज कार्यक्रम ल्याएर सबै नागरिकको जीवन स्तर उकास्ने जोशीले प्रतिबद्धता जाएर गरेका छन् ।
पर्वतमा अन्य दलहरूले पनि आफ्नो चुनावी अभियान क्रमशः अघि बढाइरहेका छन्।































प्रतिक्रिया