स्वास्थ्यमन्त्री गौतमले गरिन् प्रदेश अस्पताल पर्वतको अनुगमन, सेवा सुधारमा जोड

स्वास्थ्यमन्त्री गौतमले गरिन् प्रदेश अस्पताल पर्वतको अनुगमन, सेवा सुधारमा जोड

केन्द्रबिन्दु
24
Shares

पर्वत। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमको नेतृत्वमा प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ । मन्त्री गौतमले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा, जनशक्ति, भौतिक पूर्वाधार, औषधि र उपकरणको अवस्था प्रत्यक्ष जाँच गर्नुका साथै सेवा प्रवाहमा सुधार र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने आवश्यकता औंल्याइन् ।

अनुगमन टोलीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. रमेश केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, नेपाली सेना र सशस्त्र प्रहरी बलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

प्रदेश अस्पताल व्यवस्थापन समिति अध्यक्ष याम परियार शिवले मन्त्रालयलाई अस्पतालको सेवा विस्तार, आवश्यक जनशक्ति, आधुनिक उपकरण र भौतिक पूर्वाधारसम्बन्धी मागपत्र प्रस्तुत गरे । मन्त्री गौतमले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै अस्पताललाई जनताको भरोसाको केन्द्र बनाउने र सेवा प्रभावकारी बनाउनेमा जोड दिइन् ।

अनुगमनको क्रममा अस्पतालको वर्तमान समस्या, सेवा प्रवाह र सुधारका सम्भावित उपायहरूमा विस्तृत छलफल भएको मिनराज केसी अविरलले जानकारी दिएका छन् ।

Logo