एजेन्सी। रूस–युक्रेन युद्ध सुरु भएको चार वर्ष पुग्न लाग्दा दुवै देशले संयुक्त रूपमा करिब १८ लाख सैनिक क्षति व्यहोरेका छन्। वासिङ्टनस्थित थिंक ट्यांक सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (CSIS) ले सार्वजनिक गरेको नयाँ अध्ययनले यो तथ्य देखाएको हो।
सन् २०२२ फेब्रुअरीमा युद्ध सुरु भएयता मृत्यु, घाइते र बेपत्ता सैनिकको संख्या जोड्दा रूसतर्फ करिब १२ लाख र युक्रेनतर्फ करिब ६ लाख सैनिक क्षति भएको (CSIS) को निष्कर्ष छ। हालको युद्धगत स्थिति यथावत् रहे आगामी बसन्त यामसम्म कुल क्षति २० लाख पुग्ने अनुमान गरिएको छ।
ऋक्क्ष्क् का अनुसार रूसी सेनातर्फ २ लाख ७५ हजारदेखि ३ लाख २५ हजार सैनिकको मृत्यु भएको छ भने युक्रेनतर्फ १ लाखदेखि १ लाख ४० हजार सैनिक मारिएको अनुमान छ। यो क्षति दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो सैन्य क्षति मानिएको छ।
यति ठूलो क्षतिका बाबजुद रूसले सीमित भूभाग मात्र नियन्त्रणमा लिन सकेको प्रतिवेदनमा उल्लेख छ। सन् २०२२ यता रूसले युक्रेनको कुल भूभागमध्ये थप १२ प्रतिशत मात्र नियन्त्रणमा लिएको छ। पछिल्ला दुई वर्षमा यो वृद्धि १.५ प्रतिशतभन्दा कम रहेको छ।
न्यूयोर्क टाइम्सका अनुसार कतिपय क्षेत्रमा रूसी सेनाको अग्रगमन दर दिनमा ५० देखि २३० फिट मात्र रहेको छ, जुन पहिलो विश्वयुद्धको ‘ब्याटल अफ सोम’ जस्ता अभियानभन्दा पनि सुस्त भएको (CSIS) ले तुलना गरेको छ।
युद्ध मैदानमा युक्रेन रक्षात्मक अवस्थामा रहे पनि ‘डिफेन्स–इन–डेप्थ’ रणनीति, खाइँ प्रणाली, ट्यांक अवरोध, बारूदी सुरुङ, ड्रोन र तोपखानाको संयोजनले रूसी अग्रगमन रोकिएको ऋल्ल् ले जनाएको छ। युद्ध क्षतिको अनुपात युक्रेनको पक्षमा दुईदेखि २.५ गुणासम्म रहेको उल्लेख छ।
रूस र युक्रेन दुवैले आधिकारिक क्षतिको विस्तृत विवरण नियमित रूपमा सार्वजनिक नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रूसले करिब ६ हजार सैनिकको मृत्यु मात्र औपचारिक रूपमा स्वीकार गरेको छ, जसलाई स्वतन्त्र विश्लेषकहरूले अविश्वसनीय भनेका छन्।
उच्च क्षति पूर्ति गर्न रूसले दोस्रो विश्वयुद्धपछि पहिलोपटक व्यापक भर्ती अभियान सञ्चालन गरेको (CSIS) ले जनाएको छ। यसअन्तर्गत कैदी र ऋणीहरूलाई सेनामा भर्ना गरिएको र आर्थिक प्रोत्साहन दिइएको उल्लेख छ। साथै उत्तर कोरियाका करिब १५ हजार सैनिक रूसी पक्षमा लडेका र सयौँ मारिएको दक्षिण कोरियाली गुप्तचर स्रोतको अनुमान छ।
युद्धले रूसी अर्थतन्त्रमा समेत प्रभाव पारेको छ। CNN का अनुसार सन् २०२५ मा रूसको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सीमित भएको छ। उत्पादन घट्दो छ, श्रम अभाव देखिएको छ र विश्वका शीर्ष १०० प्रविधि कम्पनीमा कुनै पनि रूसी कम्पनी समावेश छैन।
(CSIS) का लेखक सेथ जी. जोन्सका अनुसार कमजोर सैन्य प्रदर्शन र घट्दो आर्थिक उत्पादनले रूसको ठूलो शक्ति हैसियत कमजोर हुँदै गएको देखिन्छ। तर पश्चिमी देशहरूबाट थप दबाब नपरेसम्म राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौतामा तयार नहुने (CSIS) को निष्कर्ष छ।































प्रतिक्रिया