काठमाडौं
एमाले र माओवादीले आगामी ९ वैशाख अर्थात २२ अप्रिलमा पार्टी एकता घोषणा गर्ने गरी तयारीको काम अघि बढाएका छन् । "/>

बाम पार्टी एकताको कुरा अब वैशाखलाई सर्यो !

बाम पार्टी एकताको कुरा अब वैशाखलाई सर्यो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
एमाले र माओवादीले आगामी ९ वैशाख अर्थात २२ अप्रिलमा पार्टी एकता घोषणा गर्ने गरी तयारीको काम अघि बढाएका छन् । एकीकृत पार्टीको अन्तरिम विधान र संगठन सम्बन्धी गृहकार्यका लागि गठित कार्यदलमा नेताहरू बीच कम्युनिस्ट पार्टी स्थापनाकै दिन पारेर एकता घोषणा गर्ने मोटामोटी समझदारी भएको हो ।

संस्थापक महासचिव पुष्पलालको अगुवाइमा २२ अप्रिल २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । स्थापनाकै दिन दुई फरक–फरक धारको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत भएको घोषणा गर्दा सकारात्मक सन्देश सम्प्रेषित हुने नेताहरूको बुझाइ छ । बुधबार बसेको कार्यदलको बैठकमा नेताहरूले यो निष्कर्ष निकालेका हुन् ।

‘२२ अप्रिल अर्थात आगामी ९ वैशाखमै एकता घोषणा गर्दा उपयुक्त हुन्छ भन्ने कार्यदलमा छलफल भएको हो,’ माओवादी नेता गिरिराजमणि पोखरेलले भने, ‘हाम्रो प्रस्ताव पार्टी एकता संयोजन समितिमा प्रस्तुत हुने भएकाले त्यसपछि नै औपचारिक निर्णय हुन सक्छ, तर अहिल्यै त्यही मिति हो भन्न सकिँदैन ।’ एकता घोषणासभा बृहत तयारीका साथ सम्पन्न गर्ने दुवै दलको तयारी छ ।
नयाँपत्रिकाबाट

Logo