काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार अभियानका क्रममा अछाम पुगेका एक व्यक्ति अचानक बेहोस भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी अभियानमा सहभागी हुन अछाम पुगेका थिए। बुधबार बिहान अचानक स्वास्थ्य समस्या देखिएपछि उनी बेहोस भएका थिए।
अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार सिटौलाको अवस्था गम्भीर देखिएपछि सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाइएको हो।
उनी काठमाडौंबाटै बालेनसँगै प्रचार अभियानमा सहभागी हुँदै विभिन्न जिल्लामा पुगेका थिए। समयमै हेलिकप्टरमार्फत उद्धार गरिएकाले थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको प्रशासनले जनाएको छ ।





























प्रतिक्रिया