काठमाडौँ। काठमाण्डौँमा दुईदिने तालिम सम्पन्न भएको छ, जसले साना सहरी खानेपानी र सरसफाइ समितिको सेवा दिगो, पारदर्शी र प्रभावकारी बनाउन मद्दत पु-याउने लक्ष्य राखेको छ।
तालिम राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र साना सहरी उपभोक्ता महासङ्घको संयुक्त आयोजनामा सञ्चालन भएको हो। देशभरिका उपभोक्ता समितिका अध्यक्ष, प्रमुख पदाधिकारी तथा व्यवस्थापक गरी ५४ जना सहभागी भएका थिए।
तालिममा स्रोत व्यवस्थापन, गुणस्तरीय सेवा, सार्वजनिक खरिद प्रक्रिया, महसुल निर्धारण, विवाद समाधान र वित्तीय अनुशासनमा व्यावहारिक प्रशिक्षण दिइएको थियो। सहभागीहरूले तालिम उपयोगी, व्यावहारिक र समयानुकूल रहेको प्रतिक्रिया दिएका छन्।
उद्देश्य सेवा प्रदायक संस्थाहरूलाई क्षमतावान बनाउनु हो, जसले गर्दा खानेपानी र सरसफाइको गुणस्तरमा सुधार आउँछ।





























प्रतिक्रिया