काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका एकता पक्षधर नेताहरु नेकपामा प्रवेश गर्ने भएका छन् । वाम राजनीतिमा फेरि एकपटक पुनर्संरचनाको संकेत देखिएको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल परित्याग गरेका केन्द्रदेखि जिल्ला तहसम्मका एकता पक्षधर नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका हुन्।
आज दिउँसो पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा उनीहरू औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदैछन्।
साना वाम घटकहरू कमजोर बन्दै जानु र ठूला कम्युनिष्ट दलमा फर्किने क्रम तीव्र हुनु वाम आन्दोलनभित्र ‘छरिएको शक्ति फेरि एक ठाउँमा आउने’ प्रक्रियाको संकेत देखिएको राजनैतीक विश्लेषकहरुको भनाई छ ।
केन्द्रीय तहदेखि महिला संगठन, जात व्यवस्था उन्मूलन मोर्चा र जिल्ला संगठनसम्मका नेताहरू एकैपटक नेकपामा प्रवेश गर्ने तयारी गरेका छन् ।
समाहित हुने नेताहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले स्वागत गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ ।
































प्रतिक्रिया