चुनावी अभियानमा ढलेका सिटौलाको अवस्था गम्भीर, भेट्न अस्पताल पुगे बालेन

चुनावी अभियानमा ढलेका सिटौलाको अवस्था गम्भीर, भेट्न अस्पताल पुगे बालेन

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह कर्णाली प्रदेशको चुनावी अभियानलाई छोट्याएर काठमाडौं फर्केका छन् । चुनावी अभियानका क्रममा अछाममा गम्भीर घाइते भई टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएका पत्रकार दिनेश सिटौलाको परिवारलाई उनले दिउँसो १२ बजे भेट गरे ।

सिटौलाको स्थिति गम्भीर रहेको र भेट्न नमिलेपछि भाइ उमेश सिटौलासँग भेटेर बालेन बनस्थलीस्थित घण्टीघर पुगेका छन् । उनले सिटौलाको स्थिति जटिल रहेको जानकारी पाएको भन्दै आइतबार विहान ७ बजेसम्म धैर्य गर्न परिवारका सदस्यलाई आग्रह गरेका थिए ।

अछाममा लडेर घाइते भएका सञ्चारकर्मी दिनेश सिटौलाकोअवस्था गम्भीर छ । चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीका अनुसार टोखास्थित ग्रयाण्डी अस्पतालका चिकित्सकले शनिबार दिनभरिमा स्वास्थ्यस्थितिको जानकारी दिने बताएका छन् । सिटौला उक्त संघका निवर्तमान अध्यक्ष हुन् ।

Skip This
Skip This
Logo