दैलेख
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खननलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । "/>

प्रदेश नं.६ / कर्णाली : पेट्रोलियम पदार्थ उत्खनन पहिलो प्राथमिकता

प्रदेश नं.६ / कर्णाली : पेट्रोलियम पदार्थ उत्खनन पहिलो प्राथमिकता

केन्द्रबिन्दु
0
Shares

दैलेख
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खननलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । मन्त्री भण्डारीले प्रदेश समृद्धिको लागि प्रदेशका १० जिल्लामा रहेको सम्भावनालाई खोजी गरिने बताए ।

कर्णाली प्रदेशलाई मुलुककै नमूना प्रदेश बनाउन प्रदेश सरकारले विभिन्न योजना अघि सारेको उल्लेख गर्दै मन्त्री भण्डारीले भने –‘कर्णाली प्रदेशको पहिचान बदल्न सरकार लागि परेको छ।’ अर्को प्रसंगमा मन्त्री भण्डारीले देशमा ग्याँस र पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको बेला मात्रै ग्याँस र पेट्रोलियम पदार्थ उत्खननको लागि खोजी गर्ने प्रवृत्तिलाई प्रदेश सरकारले अन्त्य गर्ने बताए ।

नाकाबन्दीले देशमा ग्याँस र पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको बेला ग्याँस र पेट्रोलियम पदार्थको खानी रहेको दैलेखको पञ्चकोशी क्षेत्रका खोला र भीरबाट निस्किएका ग्याँस र पेट्रोलको तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले दैलेखमा आएर एक महिना भित्र उत्खनन प्रक्रिया शुरु हुने बताएका थिए । तर त्यतिबेला निकै चर्चामा रहेको यो विषय अहिले ओझेलमा रहेको छ । खानी तथा भू–गर्भ विभागले तत्काल उत्खनन गर्न सम्भावित क्षेत्र भएको पुष्टि समेत गरिसकेको छ ।

नेपाल समाचारपत्रबाट

Logo