तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
18
Shares

२०८२ माघ १८ देखि २४ गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

यो हप्ता मिश्रित रहनेछ । काम गर्ने वा नगर्ने विषयमा अलि अन्योल हुन सक्छ। जागिरे व्यक्तिले आफ्नो काम अरूको भरमा नछोड्नुहोस्, समयमै काम नसकाएमा माथिल्ला अधिकारीको असन्तुष्टि झेल्नुपर्ला। हप्ताको सुरुमा कामको दबाब रहनेछ तर अन्त्यतिर अवस्था सुधार हुँदै जानेछ। विरोधीहरूबाट सतर्क रहनु आवश्यक छ।

व्यवसायमा हप्ताको दोस्रो भाग पहिलो भागभन्दा राम्रो र फाइदाजनक रहनेछ। नयाँ लगानी गर्नुअघि परिस्थितिको राम्रो मूल्यांकन गर्नुहोस्। आर्थिक रूपमा नयाँ आम्दानीका स्रोतबारे सोच सुरु गर्न सक्नुहुन्छ तर खर्चमा नियन्त्रण राख्नु राम्रो हुनेछ।

स्वास्थ्य पक्ष अलि कमजोर रहन सक्छ। मौसमी रोग वा पुरानो समस्या बढ्न सक्छ, त्यसैले लापरवाही नगरी समयमै उपचार गर्नुहोस्। मधुमेह भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ।

यस हप्ता छोटो वा लामो दूरीको यात्राको योग देखिन्छ। प्रेम र पारिवारिक जीवनमा अत्यधिक भावुक नबन्नुहोस्। सोचविचार नगरी लिएको निर्णयले सामाजिक समस्या आउन सक्छ। परिवारसँग समय बिताउने अवसर मिल्नेछ र दाम्पत्य सम्बन्धमा नजिकपन बढ्नेछ। सामाजिक गतिविधिमा सक्रिय रहनुहुनेछ। पुरानो घर मर्मत वा पुनर्निर्माणको काम सुरु हुन सक्छ। अरूको धेरै सहयोग गर्ने क्रममा आफ्नै काम बेवास्ता नगर्नुहोस्। बच्चाहरूको व्यवहारले मन अलि दुख्न सक्छ।

उपाय- हनुमान चालीसाको नियमित पाठ गर्नुहोस्।

वृष राशि

यो हप्ता मिश्रित फल दिनेछ । हप्ताको सुरुवात तपाईंका लागि शुभ रहनेछ। यस समयमा आम्दानीका नयाँ स्रोत बन्नेछन् र व्यापार–व्यवसायमा फाइदा हुनेछ। केही समयदेखि रहेको आर्थिक दबाब कम हुँदै जानेछ र घरखर्चमा नियन्त्रण आएपछि राहत महसुस गर्नुहुनेछ । व्यापारका लागि कसैलाई दिएको पैसा अप्रत्याशित रूपमा फिर्ता हुन सक्छ।

हप्ताको बीचतिर धैर्य र विवेकका साथ काम गर्नुपर्छ। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय हुन सक्छन् । भाग्यले पूर्ण साथ नदिँदा मेहनतअनुसार फल अलि कम मिल्न सक्छ। अचानक ठूला खर्च आउनाले आर्थिक अवस्था अलि कमजोर हुन सक्छ।

यस कठिन समयमा प्रेम सम्बन्ध, साथीहरू र जीवनसाथीबाट राम्रो साथ र सहयोग मिल्नेछ। आमाबुबाको तर्फबाट पनि सुख र समर्थन प्राप्त हुनेछ। कार्यक्षेत्रमा सक्रियता बढ्नेछ। साथीहरूको सहयोगमा केही महत्वपूर्ण काम सुरु हुन सक्छ। सरकारी कामकाजमा सफलता मिल्ने योग छ। जीवनसाथीप्रति प्रेम र सहयोगको भावना बढ्नेछ। नयाँ व्यवसायमा लगानी गर्न सक्नुहुन्छ। गुरुजन र ज्येष्ठ व्यक्तिहरूको आशीर्वाद प्राप्त हुनेछ। आवश्यक काम समयअघि नै सक्नु राम्रो हुनेछ। माथिल्ला अधिकारीहरू तपाईंबाट सन्तुष्ट रहनेछन्।

खर्च अचानक बढ्न सक्छ, त्यसैले सावधानी अपनाउनुहोस्। प्रेम सम्बन्धमा अत्यधिक उत्साह देखाउँदा अपमानको स्थिति आउन सक्छ। विद्यार्थीले पढाइमा लापरवाही नगर्नुहोस्। अन्जान व्यक्तिसँग आफ्ना कुरा शेयर नगर्नु राम्रो हुन्छ। घरमा बिजुलीका उपकरण बिग्रन सक्छन्। गर्भवती महिलाले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। व्यवसायमा सोचविचार गरेर मात्र लगानी गर्नुहोस्।

उपाय- दुर्गा चालिसा नियमित पाठ गर्नुहोस्।

मिथुन राशि

यो हप्ता अत्यन्त शुभ र लाभदायक रहनेछ। तपाईं नयाँ विधि र नयाँ तरिका सिक्न रुचि देखाउनुहुनेछ । विद्यार्थीहरूका लागि उच्च शिक्षामा राम्रो अवसर प्राप्त हुने सम्भावना छ, यद्यपि मेडिकल पढाइ गरिरहेका विद्यार्थीलाई करियरसम्बन्धी केही समस्या आउन सक्छ ।

करियर र व्यवसायमा अनुकूलता रहनेछ । मेहनत र प्रयासको राम्रो फल प्राप्त हुनेछ। हप्ताको सुरुमा कुनै शुभ समाचार प्राप्त हुँदा परिवारमा खुसीको वातावरण रहनेछ। घरमा धार्मिक वा मांगलिक कार्य सम्पन्न हुन सक्छ। यसै समयमा परिवारका सदस्यहरूसँग छोटो वा लामो दूरीको यात्राको योग पनि देखिन्छ।

महत्वपूर्ण व्यापारिक यात्राले फाइदा दिलाउन सक्छ। कार्यक्षेत्रमा पुरुष जातकलाई महिला सहकर्मीबाट विशेष सहयोग मिल्ने सम्भावना छ। शत्रुहरूमाथि तपाईंको प्रभाव बलियो रहनेछ। हप्ताको बीचतिर कुनै विशेष व्यक्तिका कारण अलि तनाव आउन सक्छ, तर हप्ताको अन्त्यतिर सबै कुरा तपाईंको नियन्त्रणमा आउनेछ।

आर्थिक रूपमा यो समय मजबुत रहनेछ। जागिरे व्यक्तिहरूका लागि आम्दानीका नयाँ स्रोत खुल्न सक्छन्। भाइबहिनी तथा परिवारजनको सहयोगले ठूला निर्णय सजिलै लिन सक्नुहुनेछ। परिवारमा प्रेम, सहयोग र आपसी समझदारी कायम रहनेछ।

प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ र नयाँ प्रेम सम्बन्ध सुरु हुने सम्भावना पनि छ। वैवाहिक जीवन सुखद र सन्तुलित रहनेछ। जीवनमा आउने परिवर्तनलाई स्वीकार गर्नुहोस् र आत्मबल कमजोर नबनाउनुहोस्। आमाबुबाको स्वास्थ्यप्रति अलि सतर्क रहनु आवश्यक छ। रोजगारी खोजिरहेका युवाहरूले अलि बढी संघर्ष गर्नुपर्ने हुनसक्छ। सरकारी नियमकानुनको उल्लङ्घन नगर्नुहोस् र बोलेको कुरा फेरि नफेर्नु राम्रो हुन्छ। रिसमा आएर निर्णय नगरी धैर्यका साथ अघि बढ्नु लाभदायक हुनेछ।

उपाय- प्रतिदिन भगवान श्री गणेशको पूजा गरी गणेश चालीसाको पाठ गर्नु शुभ हुनेछ।

कर्कट राशि

यो हप्ता समग्र रूपमा शुभ र भाग्यमानी रहनेछ । करियर र व्यवसायमा सकारात्मक वातावरण बन्नेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन् । तपाईंले सुरु गरेका काममा अपेक्षित सफलता मिल्नेछ। हप्ताको सुरुमा अदालत–कचहरी वा सरकारी कामसँग सम्बन्धित विषयमा राहत पाउने सम्भावना छ र निर्णय तपाईंको पक्षमा आउन सक्छ। पदोन्नति वा सरुवा सम्बन्धी चाहना पूरा हुन सक्छ। जागिरपेशा व्यक्तिका लागि यो समय विशेष लाभदायक रहनेछ र विरोधीहरू माथि तपाईंको प्रभाव रहनेछ।

परिवारका सदस्यहरूसँग राम्रो समय बित्नेछ। सन्तानको उन्नतिले मन प्रसन्न रहनेछ र बिरामी परिजनको स्वास्थ्यमा सुधार आउन सक्छ। पहिले दिएको ऋण फिर्ता पाउने योग छ। हप्ताको बीचतिर केही राम्रो समाचार प्राप्त हुन सक्छ। साथीहरूसँग घुमफिर वा सानो यात्राको योजना बन्न सक्छ।

स्वास्थ्य सामान्य रहनेछ तर खानपानमा लापरवाही नगर्नुहोस्। कुनै पनि काम हतारमा नगर्नुहोला, विशेषगरी सवारी चलाउँदा सतर्क रहनु आवश्यक छ। लामो दूरीको यात्राबाट टाढा रहनु राम्रो हुनेछ। अरूलाई आफ्ना महत्वपूर्ण कामको जिम्मा नदिनुहोस्, नत्र काम बिग्रिन सक्छ। घरको कुनै आवश्यक काम छुट्न सक्छ, त्यसतर्फ ध्यान दिनुहोस्। आयात–निर्यातसँग सम्बन्धित व्यवसायमा केही असुविधा आउन सक्छ। कर्कट राशिका व्यक्तिहरूले हप्ताभरि आफ्नो बोली र व्यवहारमा शिष्टाचार कायम राख्ने प्रयास गर्नुपर्छ र मानिसहरूसँग धेरै बहस गर्नबाट जोगिनुपर्छ।

उपाय- हरेक दिन भगवान शिवको पूजा गरी शिव चालीसाको पाठ गर्नु शुभ हुनेछ।

सिंह राशि

यो हप्ता धैर्य र संयम आवश्यक रहनेछ। कुनै पनि काममा हतार वा लापरवाही नगर्नुहोला, नत्र समस्या आउन सक्छ। करियर र व्यवसायमा जोखिमपूर्ण निर्णयबाट बच्नु राम्रो हुनेछ। जग्गा वा सम्पत्ति सम्बन्धी विषयमा सोचविचार गरेर मात्र अगाडि बढ्नुहोस्। नयाँ घर वा सम्पत्ति खरिद गर्ने योजना छ भने कागजातहरू राम्ररी जाँच गर्नु आवश्यक छ।

हप्ताको बीचतिर आमाबुबासँग सानो मतभेद हुन सक्छ, त्यसैले वाणी र व्यवहारमा संयम अपनाउनुहोला। सामाजिक प्रतिष्ठालाई असर पर्ने कामबाट टाढा रहनु उचित हुनेछ। विद्यार्थीहरूले परीक्षा वा प्रतिस्पर्धामा सफलता पाउन मेहनत बढाउनुपर्नेछ। आलस्यले नोक्सान गर्न सक्छ।

हप्ताको उत्तरार्ध व्यावसायिक र आर्थिक दृष्टिले राम्रो रहनेछ। आम्दानी सन्तोषजनक रहनेछ र करियरमा ठूलो परिवर्तन गर्ने सोच पनि आउन सक्छ। इन्टरभ्युमा सहभागी हुनेहरूलाई सफलता मिल्ने सम्भावना छ र बेरोजगारका लागि रोजगारीको अवसर देखिन्छ। मित्रहरूसँग राम्रो समय बित्नेछ।

नयाँ सवारी साधन वा घर किन्नेसम्बन्धी विचार पनि बन्न सक्छ। दाम्पत्य जीवनमा मधुरता रहनेछ र प्रेम सम्बन्धमा आकर्षण बढ्नेछ। सन्तानसँग सम्बन्धित विषयले कहिलेकाहीँ चिन्ता दिन सक्छ। हप्ताको अन्त्यतिर मन धार्मिक कार्य, पूजा–पाठतर्फ आकर्षित हुनेछ।

यस हप्ता घरेलु खर्च बढ्न सक्छ, त्यसैले खर्चमा नियन्त्रण आवश्यक छ। खराब संगतबाट टाढा रहनुहोस्, नत्र मान–सम्मानमा असर पर्न सक्छ। व्यवसायमा नयाँ साझेदारसँग विवाद हुन सक्छ। शेयर बजारमा लगानी गर्नेहरूले विशेष सावधानी अपनाउनुहोला। प्रेम सम्बन्धमा तनाव आउन सक्छ र विवाह योग्य सन्तानलाई लिएर चिन्ता बढ्न सक्छ। स्वास्थ्यमा कमजोरी महसुस भए तुरुन्तै चिकित्सकको सल्लाह लिनु राम्रो हुनेछ।

उपाय- हरेक दिन ॐ नमः शिवाय जप गर्नुहोस्।

कन्या राशि

कन्या राशीका लागि हप्ताको सुरुको भाग निकै व्यस्त रहनेछ तर समग्र रूपमा भने शुभ रहनेछ । घर र बाहिर दुवै तर्फ अचानक जिम्मेवारी बढ्न सक्छ। जागिरपेशा व्यक्तिहरूले कामका कारण धेरै दौडधूप गर्नुपर्ने सम्भावना छ। करियर वा व्यवसायका सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ, जसले थकान दिए पनि नयाँ चिनजान र सम्पर्क बढाउनेछ। यस समयमा लुकेका विरोधीहरूबाट सतर्क रहनु आवश्यक छ।

व्यवसाय गर्नेहरूका लागि हप्ताको बीचतिर कारोबारसँग सम्बन्धित कुनै ठूलो शुभ समाचार प्राप्त हुन सक्छ। लामो समयदेखि अड्किएको कुनै ठूलो व्यावसायिक सम्झौता यसै हप्ता पूरा हुने सम्भावना छ। हप्ताको उत्तरार्धमा व्यापार र करियर दुवै क्षेत्रमा अवस्था अझ अनुकूल हुँदै जानेछ र उन्नतिको अवसर मिल्नेछ।

कार्य वातावरण सहयोगी रहनेछ र दाजुभाइ, दिदीबहिनीबाट महत्वपूर्ण साथ प्राप्त हुनेछ। केही सुखद समाचारले मन प्रसन्न बनाउनेछ। सहकर्मीहरूले तपाईंमाथि भरोसा देखाउनेछन्। वैवाहिक जीवन सुखद रहनेछ र परिवारमा उत्सवमय माहोल बन्न सक्छ। जीवनसाथीले तपाईंलाई करियरमा अगाडि बढ्न प्रेरणा दिनेछन्। प्रेम सम्बन्ध झनै प्रगाढ हुनेछ र प्रेमीहरूबीच नजिकपन बढ्नेछ। आइतबार र बिहीबार विशेष शुभ रहनेछन्।

तर यस हप्ता केही व्यक्तिहरू तपाईंसँग असहमत हुन सक्छन्। अनावश्यक बहसमा नपरी आफ्नो काममा केन्द्रित रहनु राम्रो हुनेछ। आमाको स्वास्थ्यलाई लिएर चिन्ता बढ्न सक्छ, त्यसैले स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस्। फोक्सो वा श्वासप्रश्वाससँग सम्बन्धित समस्यालाई हल्का नठान्नुहोस्। आर्थिक लेनदेनमा स्पष्ट नीति अपनाउनुहोस्। ईर्ष्यालु व्यक्तिहरूले अपमान गर्ने प्रयास गर्न सक्छन्, त्यसमा ध्यान नदिई धैर्य राख्नु बुद्धिमानी हुनेछ। एकाग्रतामा कमी महसुस हुन सक्छ, त्यसैले ध्यान र अनुशासन आवश्यक रहनेछ ।

उपाय- भगवान श्री गणेशको पूजा गर्दा हरेक दिन ‘ॐ गं गणपतये नमः’ मन्त्रको सकेसम्म धेरै जप गर्नुहोस्।

तुला राशि

यो हप्ता तुला राशिका लागि अत्यन्तै शुभ रहनेछ । तुला राशिका जातकहरूले आफ्नो वचन र व्यवहारद्वारा सबै कामहरू सफलतापूर्वक सम्पन्न गर्नेछन्। हप्ताको पहिलो भागले स्वदेश र विदेश दुवैमा अनुकूल परिस्थितिहरू ल्याउनेछ। तपाईंले आफ्ना दाजुभाइ र दिदीबहिनीहरूबाट सहयोग प्राप्त गर्नुहुनेछ। परिवार र आफन्तहरूको समर्थनले तपाईंको साहस र धैर्य बढाउनेछ। जागिरपेशा व्यक्तिहरूले काममा अनुकूल वातावरण अनुभव गर्नेछन्। पदोन्नति वा पदमा वृद्धि हुने सम्भावना पनि रहेको छ।

सम्पत्ति खरिद–बिक्रीका लागि हप्ताको मध्य भाग शुभ रहनेछ। यस समयमा नयाँ घर, सवारी साधन वा अन्य सम्पत्ति खरिद गर्न सकिन्छ। व्यवसायमा संलग्न व्यक्तिहरूले पनि अनुकूल अवस्था अनुभव गर्नेछन्। विद्यार्थीहरूले आफ्नो करियरबारे चिन्ता बढाउन सक्छन्, तर योजनाबद्ध अध्ययनले सफलता दिलाउनेछ। अदालतका मुद्दामा पनि अनुकूल परिस्थितिको योग देखिन्छ।

हप्ताको उत्तरार्धमा तपाईंले अदालतबाट राहतको समाचार प्राप्त गर्न सक्नुहुन्छ। हप्ताको सुरुमा अचानक ठूलो खर्च आउन सक्छ। यस समयमा आफ्नो धन, समय र ऊर्जा व्यवस्थित गर्न आवश्यक हुनेछ। व्यवसायी वर्गले कारोबारमा अतिरिक्त सतर्कता अपनाउनुपर्छ। कसैको बहकावटमा आएर जोखिमपूर्ण योजना वा नियम उल्लङ्घन नगर्नुहोला।

कागजी काम समयमा सम्पन्न गर्न आवश्यक छ, नत्र अनावश्यक झन्झट र उलझन उत्पन्न हुन सक्छ। प्राइभेट क्षेत्रमा कार्यरत महिला जातकहरूले घर–कार्यालय बीच तालमेल मिलाउन कठिनाइ अनुभव गर्न सक्छन्। प्रेम सम्बन्धमा देखावा नगर्नुहोला। सन्तानसँग सम्बन्धित चिन्ता रहन सक्छ।प्रेम सम्बन्ध अनुकूल रहनेछ र जीवनसाथीसँग राम्रो तालमेल रहनेछ। आमाबाबुको तपाईंप्रतिको स्नेह बढ्नेछ र सामाजिक प्रतिष्ठा पनि बलियो हुनेछ। परोपकारी कार्यमा रुचि बढ्नेछ।

उपाय- हरेक दिन देवी दुर्गाको पूजा गरी दुर्गा चालीसाको पाठ गर्नु शुभ हुनेछ।

वृश्चिक राशि

यो हप्ता केही उतार–चढाव लिएर आउनेछ । यस समयमा व्यापारमा लाभ–हानि दुबै देखिन सक्छ। धनको लेनदेन गर्दा विशेष सावधानी अपनाउन आवश्यक छ। हप्ताको सुरुमा तपाईंले परिवारका सदस्य वा कुनै नजिकका व्यक्तिसँग सोच–विचार गरेर मात्र कुरा गर्नु पर्नेछ। तपाईंको शब्दले स्थिति सुधार पनि गर्न सक्छ र बिगार पनि। त्यसैले बोलिमा नियन्त्रण राख्नु महत्त्वपूर्ण हुनेछ, नत्र अनावश्यक विवाद उत्पन्न हुन सक्छ।

करियर, व्यवसाय वा व्यक्तिगत जीवनमा विवाद वा झगडाबाट टाढा रहनुहोस्। भूमि–भवनसँग सम्बन्धित मुद्दा भए अदालतमा लैजानु भन्दा मिलेर समाधान गर्नु उचित हुनेछ।

हप्ताको उत्तरार्धमा केही राहत प्राप्त हुनेछ। यस समयमा अचानक भएको जागिर परिवर्तन वा नयाँ अवसरले सुख–सुविधा दिलाउनेछ। निजी जीवनमा पनि गलतफहमीहरू दूर हुनेछन् र मन शान्त रहन सक्छ।

यो हप्ता काम धेरै हुने भएकोले व्यस्त रहनेछ, तर अन्ततः तपाईंको मेहनतको फल प्राप्त हुनेछ। हप्ताको सुरुमा व्यापारका सिलसिलामा लामो वा छोटो दूरीको यात्रा गर्नुपर्नेछ। बजारमा प्रतियोगीसँग कडा प्रतिस्पर्धा सामना गर्नुपर्नेछ। तर हप्ताको मध्यसम्म परिस्थितिहरू तपाईंको नियन्त्रणमा आउँनेछन्। हप्ताको अन्तसम्म तपाईंले मनपर्ने मुनाफा कमाउन सफल हुनुहुनेछ। लामो समयदेखि नयाँ परियोजना सुरु गर्ने योजना बनाइरहेका भए, यस हप्ताको अन्तसम्म इच्छा पूरा हुन सक्छ।

स्वास्थ्य सामान्य रहनेछ। हप्ताको उत्तरार्धमा घरमा मांगलिक कार्यक्रम, उत्सव वा अन्य शुभ कार्यहरू हुन सक्छन्। इष्ट मित्रको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध अनुकूल रहनेछ। प्रेमीबाट सुखद समाचार आउन सक्छ। परिजन तपाईंको विवाहका विषयमा राजी हुन सक्छन्। दांपत्य जीवन सुखमय रहनुका साथै पति–पत्नीबीच राम्रो तालमेल रहनु अपेक्षित छ।

उपाय- हरेक दिन हनुमान चालीसा पाठ गर्नु लाभदायक हुनेछ।

धनु राशि

यो हप्ता ठूलो दूरदर्शिताका साथ काम गर्ने प्रयास गर्नेछन्। यदि तपाईं लामो समयदेखि कुनै प्रमुख करियर वा व्यवसायिक निर्णयको बारेमा सोच्दै हुनुहुन्छ भने, यो हप्ता त्यसका लागि उपयुक्त रहनेछ। रोजगारीमा रहेका व्यक्तिहरूले उच्च पद र सम्मान प्राप्त गर्ने अवसर पाउनेछन्। थप आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्।

सप्ताहको मध्यमा प्रभावशाली व्यक्तिहरूसँग भेटघाट हुनेछ। बेरोजगारहरूले रोजगारीको अवसर पाउनेछन्। तपाईंले जग्गा, सम्पत्ति र सवारी साधनको फाइदा लिन सक्नुहुनेछ। हप्ताभरि विलासी खर्च बढ्न सक्छ। परीक्षा र प्रतिस्पर्धात्मक परीक्षा तयारी गर्ने विद्यार्थीहरूको लागि यो हप्ता सकारात्मक रहनेछ। मेहनतले मनचाहेको परिणाम प्राप्त हुनेछ। उच्च शिक्षा हासिल गर्ने प्रयास सफल रहन सक्छ।

सप्ताहको उत्तरार्धमा व्यवसायीहरूले आफ्नो व्यवसायमा वृद्धि र नाफा देख्नेछन्। सम्बन्ध सामान्य रहनेछ। प्रियजनको आगमनले घरमा खुशीको वातावरण ल्याउनेछ। प्रेम सम्बन्धमा पारस्परिक सहयोग बढ्नेछ। छोराछोरीबाट शुभ समाचारले आनन्द बढाउनेछ। विवाहित जीवन सुखमय रहनेछ।

सप्ताहको सुरुवातमा करियरमा राम्रो अवसर प्राप्त हुनेछ। घरका बृद्ध व्यक्तिहरू तपाईंबाट अत्यन्तै प्रसन्न रहनेछन्। तपाईंले तय गरेको लक्ष्य सजिलै हासिल गर्न सक्नुहुनेछ। नयाँ घर खरिद गर्ने योजना बन्न सक्छ। कार्यक्षेत्रको वातावरण अनुकूल रहनेछ। घर–परिवारमा खुसी रहनुका साथै प्रेमीजनसँग रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ।

संक्रामक रोगको सम्भावना रहन्छ । पारिवारिक मामिला बाहिरी व्यक्तिसँग छ्लफल नगर्नु राम्रो हुन्छ। भविष्यका योजना अलपत्र रहन सक्छन्। घाँटीमा खरोपना वा समस्या आउन सक्छ। आफ्ना कमजोरीप्रति न्यून मनोबल महसुस हुन सक्छ। विद्यार्थीहरूले भविष्यको बारेमा चिन्ता गर्न सक्छन्। नकारात्मक सोच वा व्यक्तिहरूबाट टाढा रहनु उपयुक्त हुन्छ।

उपाय- हरेक दिन भगवान सूर्यलाई अर्घ्य अर्पण गर्नु लाभदायक हुनेछ। साथै, विष्णु सहस्रनामको पाठ गर्नु शुभ रहनेछ ।

मकर राशि

यो हप्ता केही उतार-चढाव अनुभव गर्ने सम्भावना छ। यस हप्तामा कुनै पनि कदम चाल्दा अत्यन्त सावधानी अपनाउनु आवश्यक हुनेछ। अरूको बहकावेमा परी छोटो लाभका लागि ठूलो जोखिम नलिनुहोस्।

नौकरीपेशा व्यक्तिहरूले सप्ताहको मध्यमा साना-ठूला कार्य पूरा गर्न बढी परिश्रम गर्नु पर्नेछ। विद्यार्थीहरूलाई पढाइमा केही बाधा र चुनौतीहरूको सामना गर्नुपर्नेछ।

काममा वरिष्ठहरूसँगको तपाईंको निकटता बढ्नेछ। तपाईंले आफ्ना कनिष्ठहरूबाट पनि पूर्ण सहयोग र समर्थन प्राप्त गर्नुहुनेछ। रोजगारीमा रहेकाहरूले उच्च पद प्राप्त गर्न सक्छन्। यो हप्ता व्यवसायीहरूका लागि इच्छित लाभ ल्याउनेछ।नयाँ अर्डरहरू प्राप्त हुन सक्छन्। व्यापारको लागि यात्रा रमाइलो र लाभदायक साबित हुनेछ।

कुनै पनि विचाराधीन अदालती मुद्दा आपसी छलफलबाट समाधान हुन सक्छ। अदालतसँग सम्बन्धित मामिलाहरूमा तपाईंले राहत पाउनुहुनेछ। व्यवसायको दृष्टिले यो समय केही राहतपूर्ण हुन सक्छ, तर जोखिमपूर्ण लगानीबाट बच्न आवश्यक छ। प्रेम सम्बन्धमा एक-अर्काको भावनाको ख्याल राख्नुहोस् र विवादबाट टाढा रहनुहोस्।

सप्ताहको सुरुवात स्वास्थ्य र सम्बन्धको दृष्टिले अलिक प्रतिकूल रहन सक्छ। यस समयमा अरूसँग व्यवहार गर्दा विनम्र रहनुहोस् र साना कुरा ठूलो नबनाउनुहोस्। स्वास्थ्यको विशेष ख्याल राख्नु आवश्यक छ, किनकि मौसमी रोग वा साना स्वास्थ्य समस्याले ठूलो असर पार्न सक्छ।यो हप्ता तपाईंको जीवनसाथीसँग गुणस्तरीय समय बिताउने अवसरहरू ल्याउनेछ। वैवाहिक जीवन मधुर र सुमधुर रहनेछ। प्रेम सम्बन्ध अनुकूल रहनेछ। तपाईंको परिवारले तपाईंको प्रेम स्वीकार गर्न र विवाह गर्न सहमत हुन सक्छ।

उपाय- हरेक दिन हनुमान चालीसा पाठ गर्नु लाभदायक हुनेछ। स्वास्थ्य र मानसिक शान्तिमा ध्यान दिनुहोस्।

कुम्भ राशि

यो हप्ता मिश्रित र फलदायी रहनेछ । हप्ताको सुरुवातदेखि नै तपाईंले करियर, व्यवसाय र परिवारसँग सम्बन्धित मामिलामा इच्छित परिणाम प्राप्त गर्न सक्नुहुनेछ। परिवारका सदस्यहरूको सहयोग र साथले तपाईंको आत्मविश्वास र इच्छाशक्ति बढाउनेछ। व्यवसायीहरूले यस हप्तामा सामान्यभन्दा बढी लाभ अनुभव गर्नेछन्। सुरुमा, बजारमा अड्किएको पैसा अप्रत्याशित रूपमा बाहिर निस्कने सम्भावना छ र तपाईं त्यसको फाइदा उठाउन सक्षम हुनुहुनेछ ।

जागिरमा रहेकाहरूले पदोन्नति पाउन सक्छन्। बाँकी रहेका परियोजनाहरू पुनः सुरु हुन सक्छन्। रचनात्मक काममा विशेष रुचि बढ्नेछ। व्यवसायमा उत्कृष्ट सफलता प्राप्त हुनेछ। विद्यार्थीहरूले उत्कृष्ट परीक्षा परिणाम हासिल गर्नेछन्। आफ्नो क्षमता बढाउने प्रयास गर्नु लाभदायी हुनेछ। आफ्नो बुबाबाट मार्गदर्शन लिनु तपाईंको लागि फाइदाजनक रहनेछ। घरजग्गा सम्बन्धी व्यवसायले गति पाउनेछ। मानिसहरूले तपाईंको सकारात्मक स्वभावको प्रशंसा गर्नेछन् । अदालत वा कानुनी मामिलाहरू ढिला हुन सक्छन्, र मन चाहेको निर्णयका लागि अझै पर्खनुपर्नेछ।

विद्यार्थीहरूले कडा परिश्रमको पूर्ण प्रतिफल पाउनेछन्। गृहिणीहरू धार्मिक र सामाजिक कार्यहरूमा सक्रिय रहनु हुनेछ। सप्ताहको दौरान, यात्रा वा व्यस्तताका कारण समय व्यवस्थापनमा सतर्क रहनु आवश्यक छ। कार्यक्षेत्रमा विरोधीहरूको गतिविधिबाट सावधान रहनुहोस्, अन्यथा तपाईंको बनाएको काम बिग्रिन सक्छ। घरपरिवारसँग तालमेल राख्नुहोस् र प्रेम सम्बन्धमा भावना अनुसार गलत निर्णय नगर्नुहोस्।परिवारका सदस्यहरूसँग वैचारिक द्वन्द्वको सम्भावना छ।

वैवाहिक जीवनमा केही असमझदारी हुन सक्छ। जीवनसाथीले पूर्ण समय दिन नसक्ने हुनाले तपाईंले अनावश्यक चिन्ता नगर्नुहोस्। अत्यधिक सोचले काममा ध्यान कम गर्न सक्छ। विवादास्पद मामिलाबाट टाढा रहनु हितकर हुनेछ। शत्रुहरूले तपाईंको बारेमा भ्रामक समाचार फैलाउने प्रयास गर्न सक्छन्, त्यसैले सतर्क रहनुहोस्।

उपाय- अशुभ प्रभाव हटाउन र सकारात्मक ऊर्जा बढाउन हनुमान चालीसा पाठ गर्नु लाभदायक हुनेछ।

मीन राशि

यो हप्ता अत्यन्तै शुभ रहनेछ । लामो समयदेखि रोजगारी खोज्दै हुनुहुन्छ भने, प्रभावशाली व्यक्तिको सहयोगले इच्छित जागिर सुरक्षित गर्न सकिनेछ। हप्ताको सुरुमा लामो दूरीको व्यावसायिक यात्रा हुन सक्छ।तपाईंले आलस्य र फिजूलखर्चीबाट जोगिनु पर्छ, तर करियरमा नयाँ अवसरहरू देखा पर्न सक्छन् र आर्थिक स्थिति सुधार हुने सम्भावना छ।

जागिरमा रहेका व्यक्तिले अति आत्मविश्वास नगर्नुहोस्। व्यापारीहरूले राम्रो नाफा कमाउन सक्नेछन्। कार्यक्षेत्रमा नयाँ अवसरहरू देखिन सक्छन्, तर निर्णय सोच-समझेर लिनुहोस्। खर्चमा नियन्त्रण राख्नुहोस्, आकस्मिक खर्च आउन सक्छ। लेनदेनमा सावधानी अपनाउनुहोस्। आयका नयाँ स्रोतहरू देखा पर्न सक्छन्, तर बचतमा ध्यान दिनु आवश्यक छ।

प्रेमी-प्रेमिकासँग भविष्यको योजना बारे कुरा हुन सक्छ। जीवनसाथीको सहयोग पाइनेछ, तर आपसी तनावबाट बच्नुहोस् ।।कुनै पनि ठूलो खर्च गर्नु अघि सोच-विचार गर्नुहोस्।आफ्नो पार्टनरसँग खुलेर कुरा गर्नुहोस् र समझदारी देखाउनुहोस् ।।

स्वास्थ्यमा ध्यान दिनुहोस्, विशेष गरी शारीरिक र मानसिक थकानबाट बच्नुहोस्। प्रेम सम्बन्धमा समझदारीपूर्वक व्यवहार गर्नुहोस्, परिवारसँग खुलेर कुरा गर्नुहोस्। विद्यार्थीहरूले सफलता प्राप्त गर्न सक्नेछन्, विशेष गरी विदेश पढाइका इच्छुक विद्यार्थीहरूलाई शुभ समाचार प्राप्त हुन सक्छ।

उपाय- दुर्गा चालीसा पाठ गर्नुहोस्।

Logo