पर्वत। नेपाली कम्युनिस्ट पार्टीबाट पर्वतमा प्रतिनिधिसभाका उम्मेदवार मनहरी तिमिल्सिनाले जनस्तरसँग प्रत्यक्ष संवादलाई तीव्रता दिएका छन्। सोमबार कुश्मा नगरपालिका वडा नं. ९ र १० मा आयोजित जनभेटघाट तथा संक्षिप्त अन्तरक्रिया कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित अग्रज, शुभेच्छुक तथा स्थानीयवासीले दिएका सुझाव, अनुभव र अपेक्षाले आत्मीयता र उत्साह थपिएको तिमिल्सिनाले बताए। उनका अनुसार स्थानीयले राखेका कुरा केवल सुझाव मात्र नभएर समृद्ध पर्वत निर्माणका लागि मार्गदर्शन गर्ने आधार हुन्। जनताको विश्वास नै आफ्नो प्रमुख शक्ति भएको उल्लेख गर्दै उनले सोही विश्वासलाई आधार बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
तिमिल्सिनाले आजदेखि बिहादी गाउँपालिकामा जनसंवादको यात्रा सुरु गर्ने जानकारी दिए। यो यात्रा व्यक्तिगत नभई जनताको साझा आवाज सुन्ने र समस्या बुझ्ने अवसर भएको उनको भनाइ छ । कृषि,पर्यटन,विकास, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा दैनिकीसँग जोडिएका साना–ठूला सबै विषयमा स्थानीयको धारणा महत्वपूर्ण हुने उनले बताए।
उनले पर्वत जिल्लामा बाँदर आतंक गम्भीर समस्याका रूपमा देखिएको उल्लेख गर्दै यसको नियन्त्रणलाई प्राथमिक एजेन्डामा राखिएको बताए । व्यवहारिक योजना, स्पष्ट कार्यदिशा र स्थानीय सहभागितामार्फत उक्त समस्याको दीगो समाधान सम्भव रहेको उनको दाबी छ । कृषि,शिक्षा,स्वास्थ्य,विज्ञान प्रविधि,युवा रोजगारी संगै सडक लगायत विकासका पुर्वाधारलाई पहिलो प्राथामिकतामा राखेको तिमिल्सिनाले बताए । जिल्लाका सातै पालिका सवै वडाहरुमा समावेशी विकासको खाका सहित उम्मेदवारी दिएका तिमिल्सिनाले स्थानिय जनताको जीवनस्तर उकास्ने पहिलो प्राथामिकता रहेको जिकिर गरे । जनयुद्द जनआन्दोलन बाट देशमा व्यवस्था फेरिए पनि जनताका अवस्था नफेरिनु दुखद भएको भन्दै उनले पर्वतेली जनताको अवस्था परिवर्तनमा जनतासंगै सुखदुखमा रहेर सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
स्थानीयस्तरमै संवाद, सुझाव संकलन र समस्या पहिचान गर्दै अघि बढ्ने अभियानले आगामी निर्वाचनमा तिमिल्सिनाको राजनीतिक उपस्थितिलाई थप सशक्त बनाउने अपेक्षा स्थानियले गरेका नेकपा पर्वतले जनाएको छ ।
सातै पालिकाका सबै वडामा समावेशी विकास पहिलो प्राथमिकता ः तिमिल्सिना

प्रतिक्रिया