रुपन्देही। लुम्बिनी प्रदेशमा आज प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले मूल समारोह र शुभकामना कार्यक्रम आयोजना गर्दै प्रदेशको प्रगतिलाई प्रस्तुत गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार गठनदेखि नै सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकता दिइरहेको बताए। उनले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र संघीयताको सवल अभ्यास देखाउने दिशामा सरकारले दृढता साथ अघि बढिरहेको स्पष्ट पारे।
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेशले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, कृषि र पूर्वाधार विकासमा सन्तुलित पहल गर्दै आएको छ। संघीय संरचना, अधिकार र स्रोतसाधनको सुनिश्चिततामा लुम्बिनी प्रदेश दृढ रहेको उनले बताए ।
प्रदेश सरकार र प्रदेश सभाले संयुक्तरुपमा मूल समारोहको आयोजना गर्दै प्रदेशको प्रगतिशील दृष्टान्त र सफल अभ्यास देशभर प्रस्तुत गर्ने योजना बनाएका छन्।































प्रतिक्रिया