समय तोकेर गर्न सकिने कामहरु मात्र समेटी घोषणा पत्र ल्याउँदै छौं : इश्वर पोख्रेल

समय तोकेर गर्न सकिने कामहरु मात्र समेटी घोषणा पत्र ल्याउँदै छौं : इश्वर पोख्रेल

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा एमालेले यसपटकको चुनावी घोषणापत्र व्यवहारिक र कार्यान्वयनमुखी बनाउने तयारी गरेको छ । पार्टीका नेता ईश्वर पोखरेलले घोषणा पत्र तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै चाँडै सार्वजनिक गरिने बताएका छन्।

एमालेका उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै पोखरेलले राष्ट्रिय हित, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियतालाई घोषणापत्रको मुख्य आधार बनाइने बताए। साथै सामाजिक सद्भाव कायम गर्ने र विकास निर्माणका ठूला आयोजनालाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।

उनका अनुसार सुशासनसँग जोडिएका भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य, शिक्षा र रोजगारीका विषय घोषणापत्रका महत्वपूर्ण अङ्ग हुनेछन्। यसपटक एमालेले के गर्ने, कहिले गर्ने र कसरी गर्ने भन्ने विषय स्पष्ट रुपमा उल्लेख गर्ने तयारी गरेको पोखरेलले बताए ।

संविधान संशोधनका विषय पनि घोषणापत्रमा समेटिने बताउँदै उनले अघिल्ला घोषणापत्रभन्दा फरक शैलीमा प्रस्तुत गरिने दाबी गरे। एमालेले समय तोकेर पूरा गर्न सकिने कामहरू मात्र घोषणापत्रमा राख्ने रणनीति लिएको उनको भनाइ छ ।

Logo