काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारलाई देश जलाउने समूहको संरक्षण गर्दै नाङ्गिँदै गएको आरोप लगाएका छन्।
पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बादलले वर्तमान सरकारले दलाई लामाका चीन विरोधी प्रतिनिधिलाई एयरपोर्टबाट राजकीय सुरक्षा दिएकोले चीन असन्तुष्ट छ । उनले भने, “चीनले विरोधीलाई कारबाही गर्न वा परिणाम भोग्न तयार रहन दुई विकल्प दिएको छ ।”
उनले सरकारमाथि आन्तरिक र अन्तर्राष्ट्रिय दबाब बढिरहेको भन्दै तुरुन्त जिम्मेवार निर्णय लिनुपर्ने चेतावनी दिएका छन्।
बादलले भदौ २३–२४ को आन्दोलन र त्यसको प्रतिक्रिया चीन र भारतका विश्लेषकले “प्रतिक्रान्ति” भनेको उल्लेख गर्दै, नेपालको राजनीति र कूटनीतिक तनाव गहिरो बन्दै गइरहेको दाबी गरे ।
बादलले सरकारले कदम चाल्न ढिलाइ गरे लोकतन्त्र र राष्ट्रिय स्वाभिमान संकटमा पर्ने उल्लेख समेत गरे ।





























प्रतिक्रिया