काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट बचेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो उडेलगत्तै केही मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको हो ।
आगलागी पछि २ सय २५ यात्रु बोकेको टर्किसको वाइड बडी जहाजलाई टर्किस चालक दलले पश्चिम दिशामा लगेर दायाँ इन्जिन बन्द गरेर १० देखि १२ मिनेट होल्ड गरेको थियो । यो खबरले त्रिभुवन विमानस्थल १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो । दमकल, एम्बुलेन्स लगायत आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था तयार पारिएको थियो ।
तर आगलागी हुनासाथ दायाँ इन्जिन बन्द गरेपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि बायाँ इन्जिनमात्र चलाएर टर्किसको जहाज कोलकातामा सुरक्षित डाइभर्ट गरिएको छ ।





























प्रतिक्रिया