अर्घाखाँची। अर्घाखाँची जिल्लामा एकमात्र निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यसमा विभिन्न पार्टीका १२ जना र तीन जना स्वतन्त्र उम्मेदवार छन्।
यसपटक नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल, नेकपा एमालेका पीताम्बर भुसाल, नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल, नेकपा माओवादीका खिमबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीका झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाका पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीका पुस्करनाथ आचार्य, मङ्गल नेशनल अर्गनाइजेसन पार्टीका सूर्यबहादुर गुरुङ, जनता समाजबादी पार्टीका टुकबहादुर चेवाली, आम जनता पार्टीका दुर्गाबहादुर भाट क्षेत्री, नेशनल रिपब्लिक नेपालका विष्णुबहादुर गाहा, र स्वतन्त्र उम्मेदवार रवि शाह, पम्फा श्रेष्ठ र हिमाल भुसाल प्रतिस्पर्धामा रहेका छन् ।
जिल्लामा निर्वाचनका लागि कुल १,७१,६५२ मतदाता छन्, जसमा पुरुष ८७,१५७ र महिला ८४,४९५ रहेका छन्। मतदानका लागि १०२ मतदानस्थल र २०९ मतदान केन्द्र तोकिएका छन्।
अर्घाखाँचीमा विगतका निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसले पटक–पटक विजय हासिल गरेका थिए । विसं २०७९ को निर्वाचनमा एमालेका टोपबहादुर रायमाझी विजयी भएका थिए।
दलहरूले घरदैलो, गाउँ केन्द्रित अभियान र निर्वाचन केन्द्रित प्रचार–प्रसारमा ध्यान केन्द्रित गरेका छन्। यसपटक पनि सबै उम्मेदवारले जनतासँग भेटेर समर्थन जुटाउने काम अघि बढाइरहेका छन्।































प्रतिक्रिया