काठमाडौं
प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपाली बाहेक विभिन्न मातृभाषामा शपथ लिने भएका छन् । "/>

विभिन्न ११ भाषामा शपथ लिदैं सांसदहरु

विभिन्न ११ भाषामा शपथ लिदैं सांसदहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपाली बाहेक विभिन्न मातृभाषामा शपथ लिने भएका छन् । संसद सचिवालयले नेपाली बाहेकका भाषामा शपथ लिने सांसदलाई निवेदन दिन शुक्रबार सम्मको समय तोकेको थियो । नेपाली भाषामा शपथ लिनेले भने निवेदन दिनु नपर्ने व्यवस्था छ । तोकिएको समय भित्र ४२ निवेदन परेका छन् । आइतबार सांसदहरूको शपथ हुँदैछ ।

सचिवालयमा प्राप्त निवेदन अनुसार मैथली भाषामा सबै भन्दा बढी १७ सांसदले शपथ लिने भएका छन् । जस मध्ये १३ प्रतिनिधिसभा र ४ राष्ट्रिय सभाका सदस्य छन् । त्यस बाहेक हिन्दीमा ९, भोजपुरीमा ५, थारूमा ३, मगरमा २, बज्जिकामा २ तथा उर्दू, तामाङ, नेवारी र अवधि भाषामा एक–एक सदस्यले शपथ लिनेछन् ।

यता राष्ट्रिय सभाका लागि सरकारले सिफारिस गरेका ३ जना सांसदको शपथ भने नहुने भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै उनीहरूको शपथ रोकिएको हो । राष्ट्रिय सभा सदस्यका लागि सरकारले डा. युवराज खतिवडा, राम नारायण बिडारी र विमला पौडेललाई सिफारिस गरेको थियो । राष्ट्रपतिले राष्ट्रिय सभामा उनीहरूलाई मनोनयन गरे पनि सर्वोच्चले शपथ नगराउन आदेश दिएको थियो । खतिवडा, बिडारी र पौडेलको मनोनयन संवैधानिक प्रावधान अनुकूल नदेखिएको भन्दै अन्तरिम आदेशको छलफलबाट टुंगो नलागे सम्म शपथ नगर्न सर्वोच्चले भनेको छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo