जनकपुरधाम। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिमा आउनुको उद्देश्य अरु कसैलाई प्रधानमन्त्री बनाउनु नभएर देशको नेतृत्व आफैं गर्न आएको बताएका छन् ।
चुनावी प्रचारका लागि जनकपुराधाम पुगेका घिसिङले देशको नेतृत्व आँफू र आफ्नो पार्टीले गर्ने भन्दै कसैलाई प्रधानमन्त्री बनाउन आँफू राजनीतिमा नआएको जिकिर गरे । पत्रकारसँग घिसिङले जेनजी आन्दोलन पछि जन्मेको आफ्नो पार्टी देश परिवर्तनको मुख्य शक्ति भएको बताए । उनले मतदातालाई नयाँमा विश्वास गरेर काम गर्ने अवसर दिन आग्रह गर्दै भने, “पुराना राजनीतिलाई फेरि मत दिनु भन्दा, नयाँ नेतृत्व र योजनालाई समर्थन गर्नुपर्छ। यो देशको भविष्यको लागि आवश्यक छ।”
उनले पार्टीका विभिन्न क्षेत्रीय कार्यालय र अभियानहरू मार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् र मतदातालाई स्थानीय समस्या, शिक्षा, स्वास्थ्य, रोजगार र विकासका योजनाबारे जानकारी गराइरहेको बताए।





























प्रतिक्रिया