म संग डराएर भ्रम फैलाए,तनहुँमा मात्र होइन, देशभर घण्टी बज्छ : स्वर्णिम वाग्ले

म संग डराएर भ्रम फैलाए,तनहुँमा मात्र होइन, देशभर घण्टी बज्छ : स्वर्णिम वाग्ले

केन्द्रबिन्दु
39
Shares

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्। बिहीबार तनहुँ–१ मा मतदातासँगको भेटघाटमा उनले विपक्षीहरू डराएर गलत प्रचारमा लागेको आरोप लगाए।

वाग्लेका अनुसार पछिल्लो २४ घण्टामा उनको आधिकारिक पेज १३५ पटकसम्म एडिट गरिएको छ । ‘एक पटक त मेरो फोटो हटाएर राजा ज्ञानेन्द्रको फोटो नै हालिएको रहेछ,’ उनले भने, ‘यो सबै डर र आत्तिएको मानसिकताको परिणाम हो।’

आफ्नो छवि तनहुँका जनताले राम्ररी बुझिसकेको दाबी गर्दै उनले यस्ता हल्लाले कुनै प्रभाव नपार्ने बताए । ‘निष्कलंक छविमा अलिकति दाग लाग्ला भनेर सोचेका होलान्, तर जनताले चिनिसकेपछि त्यसको अर्थ हुँदैन,’ वाग्लेले भने।

अघिल्लो निर्वाचनमा पनि यस्तै हल्ला फैलाइएको स्मरण गर्दै उनले यसपालि पनि त्यसको असर नपर्ने जिकिर गरे। आफू मात्र होइन, देशभर रास्वपाप्रति समर्थन बढिरहेको दाबी गर्दै उनले निर्वाचनमा ठूलो परिणाम आउने विश्वास व्यक्त गरे।

‘तनहुँमा मात्र होइन, देशभर घण्टी बज्ने संकेत देखिइसकेको छ,’ उनले भने।

Skip This
Skip This
Logo