बालुवाटारमा प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच २ घण्टा वार्ता

बालुवाटारमा प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच २ घण्टा वार्ता

केन्द्रबिन्दु
78
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओली विच २ घण्टा वार्ता भएको छ । कार्की र ओलीबिच समसामयिक राजनैतिक विषय र आगामी निर्वाचनबारे छलफल भएको हो । बिहीबार बिहान ९ बजेपछी प्रधानमन्त्री कार्कीलाई भेट्न ओली बालुवाटार पुगेका थिए ।

ओलीले प्रधानमन्त्री कार्कीसँग करिब २ घण्टा समसामयिक राजनीति र निर्वाचनबारे छलफल गरेर फर्किए।

दुईजनाको वार्तामा आगामी निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा गर्नेबारे छलफल भएको स्रोतले बताएको छ । निर्वाचन एकै चरणमा गर्नुपर्नेगरी अघि बढ्न ओलीले सरकारलाई सुझाव समेत दिए ।

Skip This
Skip This
Logo