‘न्यायाधीशले संविधान र कानुनको अक्षर मात्र नभई त्यसको स्पिरिट पनि हेर्नु पर्छ’ : डा.भट्टराई

‘न्यायाधीशले संविधान र कानुनको अक्षर मात्र नभई त्यसको स्पिरिट पनि हेर्नु पर्छ’ : डा.भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले न्यायाधीशले संविधान र कानुनको अक्षर मात्र नभई त्यसको स्पिरिट पनि हेर्नु पर्ने बताएका छन् । आज सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले यस्तो बताएका हुन् ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमाथि प्रधानन्यायधीशसहितको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

चुनाव हारेका व्यक्ति चोर बाटोबाट मन्त्री बन्ने कुसंस्कार रोक्नलाई संविधानमै प्रतिनिधिसभामा हारेको व्यक्ति सोही कार्यकालभरि मन्त्री बन्न नपाउने व्यवस्था गरेको स्मरण गराएका छन् ।

उनले हामी अहिले संविधानको स्पिरिट बुझ्ने संवैधानिक अदालतको सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दैछैनौं भनि प्रश्न पनि गरेका छन् ।

उनले लेखेका छन् :

चुनाव हारेपछि पनि चोरबाटोबाट सांसद, मन्त्री बन्ने कुसंस्कार रोक्नलाई नै संविधानको धारा ७८ (४) को ब्यवस्था गरिएको हो।न्यायाधीशले संविधान र कानूनको अक्षर मात्र हैन त्यसको स्पिरिट पनि हेर्नुपर्छ । हामीले यो स्पिरिट बुझ्ने संवैधानिक अदालत सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दैछैनौं ?

Skip This
Skip This
Logo