धेरै युवतीहरुलाई आफ्नो कपाल देखेर सबैभन्दा दिक्क भनेकै विहान उठ्दा हुने गर्छ । विहान उठ्दा जिङरिङ्ग परेको कपाल देखेर धेरै युवतीलाई दिक्क लाग्ने गर्छ । यस्तो किसिमको समस्याका समाधान नभएका पनि होईनन् । यदी केही कार्यहरुलाई आफ्नो दैनिक जिवनमा लागू गर्नु भयो भने तपाई आफ्नो कपाल राती निदाएको बेलामा पनि राम्रो बनाउन सक्नुहुन्छ ।
– कपाल जसलाई पनि सिल्की नै मनपर्छ । यदी बिहान उठ्दा कपाल जिङरिङ्ग पर्छ भने तपाईले आफ्नो तकियालाई परिवर्तन गर्नुपर्छ । धेरैले कटनको तकिया प्रयोग गर्ने गर्छन् । यदी तपाईले आफ्नो सुत्ने तकिया सिल्कको राख्नु भयो भने तपाईको कपाल विहान उठ्दा कम नै जिङरिङ्ग हुने गर्छ ।
– बिहान उठ्दा कपाल जिङरिङ्ग परेको अवस्थामा धेरैलाई आफ्नो कपाल छोटो हुदैं गएको जस्तो लाग्छ । यसरी कपाल दिनहुँ जिङरिङ्ग हुदाँ झर्ने समस्या पनि बढी नै हुन्छ । यस्तो अवस्थामा कपाललाई बढाउने किसिमको स्प्रे पाईने हुनाले त्यस्ता स्प्रे गरेर सुत्नु पर्छ वा कपाललाई बाटेर सुत्दा पनि जिङरिङ्ग हुने र झर्ने समस्या कम हुदैं जाने छ ।
– राती सुत्न जानु भन्दा अगाडी आफ्नो कपाललाई पोषण दिनु राम्रो मानिन्छ । यसका लागि सुत्न जानु भन्दा अगाडी कपालमा हेयर मास्क लगाएर सावर क्याप लगाएर सुत्नु पर्छ र विहान उठ्ने बित्तिकै स्याम्पु लगाएर नुहाउनु राम्रो मानिन्छ ।
– सुत्नु भन्दा अगाडी कहिल्यै पनि नुहाएर सुत्नु हुदैंन । यसो गर्नाले कपालको चमक घट्दै जान्छ । त्यसैले धेरैले विहान ड्रई स्याम्पु लगाएर राती सुत्नु भन्दा अगाडी नुहाउने गर्छन् । यस्तो अवस्थामा राती चाहि ड्राई स्याम्पु लगाएर विहान नुहाउनु राम्रो हुन्छ ।





























प्रतिक्रिया