काठमाडौं
दुई लाख नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका माइती नेपालले जनाएको छ । हेटौँडामा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपालले दुई लाख महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार बनेका जनाएको हो । "/>

भारतमा २ लाख नेपाली महिला यौन शोषणको सिकार

भारतमा २ लाख नेपाली महिला यौन शोषणको सिकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
दुई लाख नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका माइती नेपालले जनाएको छ । हेटौँडामा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपालले दुई लाख महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार बनेका जनाएको हो । माइती नेपालका अनुसार बेचिएका मध्ये महिला ७० प्रतिशत र बालबालिका ५० प्रतिशत पीडित छन् ।

प्रत्येक दिन असुरक्षित रूपमा भारत जाँदै गरेको अवस्थामा माइती नेपालले पाँच देखि सात जनाको उद्धार गर्दै आएको छ । २५ औँ वार्षिक उत्सवका अवसरमा सञ्चालन गरिएको मेची–महाकाली जनचेतनामूलक अभियानको माइती नेपालले हेटौँडामा समापन गरेको छ । त्यसक्रममा आयोजित कार्यक्रममा माइती नेपालले विश्वमा हाल २५ लाख भन्दा बढी मानिस बाध्यात्मक वेश्या वृत्तिजन्य यौन शोषणको सिकार भइरहेको जनाएको छ ।

कार्यक्रममा प्रदेश ३ का सांसद सानुकुमार श्रेष्ठले प्रदेश ३ लाई महिला हत्या हिंसामुक्त क्षेत्रका रूपमा विकास गर्न सबै लाग्नु पर्ने बताए । महिला तथा बालबालिका बेचबिखन विरुद्ध सक्रिय माइती नेपालले फागुन १० गते देखि मेची–महाकाली जनचेतनामूलक अभियान सुरु गरेको थियो ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo