बैतडी दुर्घटनाका घाइतेको उपचार सुनिश्चित गर्न सरकारसँग काँग्रेसको माग

बैतडी दुर्घटनाका घाइतेको उपचार सुनिश्चित गर्न सरकारसँग काँग्रेसको माग

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बैतडीमा भएको बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।

बैतडीको पुर्चौडी नगरपालिकामा भएको हिजो राती भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । यस्तै दर्जानौँ घाइते भएका छन् ।

थापाले भनेका छन् , ‘विवाह उत्सवबाट फर्किएका आफन्तहरूको यस अकल्पनीय मृत्युले स्तब्ध बनाएको छ’ सभापति थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ’ यस पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोकाकूल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्दछु ।’

Logo