देशभर जनलहर बढ्दो छ,नेकपा पहिलो शक्ति बन्छः प्रचण्ड

देशभर जनलहर बढ्दो छ,नेकपा पहिलो शक्ति बन्छः प्रचण्ड

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टी देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित पार्टीको सल्यान(काठमाडौं सम्पर्क मञ्चको परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले मतपेटिकाभित्र जनमत सुरक्षित नभएसम्म खेल खुल्ला रहने र सबैले मेहेनत बढाउन आवश्यक रहेको उल्लेख गरे।

प्रचण्डले देश राजनीतिक र संवैधानिक संकटमा रहेको बेला पार्टी र नेता माधव कुमार नेपालले ठूलो प्रयास गरेर देशलाई दुर्घटनाबाट बचाएको बताए । उनले हिजो २५ वटा अलग–अलग कम्युनिष्ट घटक अहिले एकताबद्ध भई हजारौं नयाँ सदस्य प्रवेशको लहर चलेको दाबी गरे।

सल्यान जिल्लाका नेता प्रकाश ज्वालाको राजनीतिक परिपक्वता र रमेश मल्लले जितको आधार तयार गरेको प्रशंसा गर्दै प्रचण्डले स्थानीय नागरिकलाई पाँचकुने तारा चुनाव चिन्हमा प्रत्यक्ष र समानुपातिक दुवै मतदान गर्न अपिल गरे।

साथै, उनले रास्वपा र ‘नयाँ’ भनिने दलहरूलाई लक्षित गर्दै भने, “नयाँले देशमा कुनै विचार वा सिद्धान्त देखाएका छैनन्। गणतन्त्रभन्दा नयाँ के छ? केही छैन।”

Logo