पाकिस्तानविरुद्ध नेदरल्याण्ड्स १४७ रनमा अलआउट

पाकिस्तानविरुद्ध नेदरल्याण्ड्स १४७ रनमा अलआउट

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । आजदेखि सुरु भएको आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को उद्घाटन खेलमा नेदरल्याण्ड्सले पाकिस्तानसमक्ष सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ ।

श्रीलङ्काको सिंहलिज स्पोर्ट्स क्लब क्रिकेट मैदानमा टस जितेर पाकिस्तानले पहिले बलिङ रोजेपछि ब्याटिङमा आएकाे नेदरल्याण्ड्सले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन जाेडेकाे हाे ।

कप्तान स्कट एडवर्ड्सले २९ बलमा ३ चौका, १ छक्काकाे मदतमा ३७ रन प्रहार गर्दै टोलीको इनिङ्स सम्हाल्ने प्रयास गरे। त्यस्तै, बास डि लिडेले ३० रन र माइकल लेभिटले आक्रामक २४ रनको योगदान दिए। अन्तिम ओभरतिर आर्यन दत्तले ७ बलमा १३ रन जोड्दै टोलीको योगफल सम्मानजनक बनाए।

नेदरल्याण्ड्स एक समय १२७/५ को स्थितिमा बलियो देखिएको थियो, तर १६औं र १७औं ओभरको अन्तरालमा पाकिस्तानले लगातार विकेट लिँदै दबाब सिर्जना गर्‍यो। विशेष गरी अबरार र साइम अयुबको स्पिन बलिङले खेलको गति पाकिस्तानको पक्षमा मोडेको थियो।

पाकिस्तानका स्पिनरहरू नेदरल्याण्ड्सका ब्याट्सम्यानमाथि हाबी भए। अबरार अहमदले ४ ओभरमा मात्र २३ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। यस्तै, साइम अयुबले १ ओभरमा ७ रन दिएर २ विकेट लिए । यसैगरी मोहम्मद नवाजले पनि २ विकेट चट्काए।

फास्ट बलर शाहीन शाह अफ्रिदी र सलमान मिर्जाले समान १-१ विकेट लिए।

Skip This
Skip This
Logo