दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप : उर्लाबारी भेट्रान्स प्रथम

दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप : उर्लाबारी भेट्रान्स प्रथम

केन्द्रबिन्दु
3
Shares

पथरी। दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारी भेट्रान्सले जितेको छ। फाइनल खेलमा सतिसाले भेट्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै उर्लाबारी भेट्रान्स च्याम्पियन बनेको हो।

विजेता उर्लाबारी भेट्रान्सले उपाधिसहित नगद एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता सतिसाले भेट्रान्सले ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ।

प्रतिस्पर्धात्मक खेलमा उर्लाबारीले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४२औँ मिनेटमा विकास राईले उर्लाबारीका लागि पहिलो गोल गरे भने ७२औँ मिनेटमा मित्त बस्नेतले गोल गर्दै अग्रता दोब्बर पारे।

खेलको म्यान अफ द म्याच उर्लाबारी भेट्रान्सका पहिलो गोलकर्ता विकास राई घोषित भए। गोल्डेन ग्लोभ्स उर्लाबारीका गोलरक्षक विनोद गौतमले प्राप्त गरे। दुवैले नगद पाँच–पाँच हजार रुपैयाँ पाए। सतिसाले भेट्रान्सका निरु लिम्बूले गोल्डेन बलसहित नगद पाँच हजार रुपैयाँ प्राप्त गरे भने जीवन लिम्बूले गोल्डेन बुटसहित सात हजार ५०० रुपैयाँ हात पारे।

पथरी शनिश्चरे भेट्रान्सको आयोजनामा सम्पन्न प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका आठ टिम सहभागी थिए। प्रतियोगिता माघ १७ देखि २४ गतेसम्म प्रस्तावित पथरी रंगशालामा सञ्चालन भएको थियो।

पथरी शनिश्चरे नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा पहिलो पुरस्कार मेचिकाली रेस्टुरेन्ट मलेसिया र दोस्रो पुरस्कार सञ्जीव लिङ्देनले प्रदान गरेका थिए।

Logo