काठमाडौं । आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ र त्यसको रङबारे स्पष्ट जानकारी दिएको छ ।
मतदाता शिक्षा र मतदानलाई सहज बनाउन यस पटक पनि फरक-फरक निर्वाचन प्रणालीका लागि छुट्टाछुट्टै रङका मतपत्रहरू प्रयोग गरिँदैछ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मुख्यतया दुई रङका मतपत्रहरू प्रयोग हुनेछन् ।
प्रत्यक्ष हुने निर्वाचन प्रणालीका लागि प्रयोग गरिने मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रङ को निर्वाचन चिह्नहरू रहने छन् भन्ने समानुपातिक निर्वाचन प्रणालीका प्रयोग गरिने मतपत्रमा सेतो पृष्ठभूमिमा कालो रङ को निर्वाचन चिह्नहरू रहने छन्।
मतदाता शिक्षाका लागि छापिएका नमूना मतपत्रहरू पनि सेतो पृष्ठभूमिमा कालो रङ मै तयार पारिएका छन्। निर्वाचन आयोगका अनुसार मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
समानुपातिकतर्फ करिब २ करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फ पनि सोही अनुपातमा मतपत्रहरू छापिएका छन्। यो सङ्ख्या कुल मतदाता भन्दा करिब १० प्रतिशत बढी हो ।
हालसम्म ७४ भन्दा बढी निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका मतपत्रहरू छपाइ सकिएर जिल्लाहरूमा पठाउने तयारी भइरहेको छ। हिमाली र दुर्गम जिल्लाहरूमा मतपत्र ढुवानीलाई प्राथमिकता दिइएको छ।





























प्रतिक्रिया