नेकपा कर्णालीका पूर्वमुख्यमन्त्री शर्मामाथि कारबाही तयारीमा, स्पष्टीकरण मागियो

नेकपा कर्णालीका पूर्वमुख्यमन्त्री शर्मामाथि कारबाही तयारीमा, स्पष्टीकरण मागियो

केन्द्रबिन्दु
27
Shares

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीले कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि कारबाहीको प्रक्रिया सुरु गरेको छ । शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा सामेल भएपछि नेकपाले उनलाई सदस्य र संसदीय दलबाट हटाउन अग्रसर भएको हो।

नेकपा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले शर्मालाई लिखित स्पष्टीकरण मागेका छन्। माघ २२ गते २४ घण्टाभित्र जवाफ दिन पत्र पठाइए पनि शर्मा अहिलेसम्म जवाफ दिएका छैनन्।

पार्टीले सदस्य र संसदीय दलबाट हटाउन नहटाउने कारण स्पष्ट गर्न स्पष्टीकरण सोधेको छ। शर्मा तत्कालीन माओवादी केन्द्रबाट रुकुम पश्चिम प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

Skip This
Skip This
Logo