काठमाडौं
मुलुकको कूल जलविद्युत क्षमता मध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् । "/>

उनन्तीस हजार मेगावाट क्षमताका आयोजना निर्माण चरणमै

उनन्तीस हजार मेगावाट क्षमताका आयोजना निर्माण चरणमै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
मुलुकको कूल जलविद्युत क्षमता मध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् । जल तथा ऊर्जा आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा नेपालको जलविद्युत्को क्षमता ८२ हजार ८०० मेगावाट रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । कूल क्षमताको ४० प्रतिशत योजना निर्माणको विभिन्न चरणमा रहेका छन् ।

आयोगले नदी बेसिनका आधारमा जलविद्युतको क्षमता मापन गरेको हो । पूर्ण प्रतिवेदन आउन अझै केही समय लाग्ने बताइएको छ । ऊर्जा मन्त्रालय मातहतकै विद्युत विकास विभागले १३ हजार ९५० मेगावाट क्षमताको विभिन्न आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । यस्तै विभागले चार हजार ४३० मेगावाट क्षमताका आयोजनालाई उत्पादन अनुमति दिएको छ ।

उत्पादन अनुमति दिइएका अधिकांश आयोजनामा निजी क्षेत्रको लगानी रहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंका अनुसार अझै पाँच हजार मेगावाट क्षमताका आयोजना उत्पादन अनुमति लिने तयारीमा छन् । नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (पिपिए) का लागि समेत प्रतीक्षामा रहेका ती आयोजना सहज वातावरण बन्ने बित्तिकै निर्माणमा जाने तयारीमा रहेका छन् ।

यस्तै सरकारको बास्केट फण्डमा तीन हजार २४० मेगावाट क्षमताका आयोजना छन् । ती आयोजनालाई सरकारले प्रतिस्पर्धाका आधारमा निजी ऊर्जा उद्यमीलाई निर्माणका लागि दिने गरेको छ । सरकारले अध्ययन गरेका आयोजनाको क्षमता एक हजार २९४ मेगावाट रहेको छ भने अध्ययन जारी राखेको आयोजनाको क्षमता पाँच हजार ९०९ मेगावाट छ । यी सबै आयोजनाको क्षमता २८ हजार ८२३ मेगावाट रहेको छ ।
रासस

 

Logo