काठमाडौं । आइसिसी पुरुष टी२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले अर्को महत्वपूर्ण विकेट लिएका छन् ।
भारतस्थित मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डका लागि खेलेका साम करनलाई ८ बलमा २ रन मात्र बनाउँदा ऐरीले बोल्ड आउट गरेका हुन् । यो नेपालको पाँचौं विकेट हो । १५ ओभरको खेल सकिँदा इंग्ल्याण्डले १३७ रन जोडिसकेको छ ।
यसअघि अर्धशतक प्रहार गरिसकेका ज्याकोब बेथवेललाई पनि ऐरीले आउट गरेका थिए । उनले २५ बलमा ४ चौका र ४ छक्कासहित ५५ रन बनाएका थिए ।





























प्रतिक्रिया