काठमाडौं । आईसीसी पुरुष टी२० विश्वकप २०२६ अन्तर्गत बलियो प्रतिद्वन्द्वी इंग्ल्याण्डविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरी आउट भएका छन् ।
मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपालका लागि अर्धशतक नजिक पुगेका उनी क्याचआउट भएका हुन् । २९ बलमा ४४ रन बनाएका उनले ६ चौका र एक छक्का प्रहार गरेका थिए ।
योसँगै कप्तान रोहितकुमार पौडेलसँगको महत्वपूर्ण साझेदारी पनि तोडिएको छ । हाल नेपाल १४ ओभरमा ३ विकेट गुमाउँदै १२३ रन बनाएर खेलिरहेको छ ।





























प्रतिक्रिया