काठमाडौं
२१ फागुनका लागि तय भएको कांग्रेस संसदीय दलको निर्वाचनबाट नेतृत्व हात पार्न नेताहरू बीच तीव्र गुटगत लबिङ सुरु भएको छ । प्रतिनिधिसभामा निर्वाचित सांसदलाई आफ्नो पक्षमा पार्न नेताहरूले भेटघाटका लागि भन्दै निवासमै बोलाएर गुटगत आधारमा मतदानको आग्रह गरिरहेका छन् । उनीहरूले दलको नेता जसरी पनि आफ्नो गुटमा पार्ने गरी लबिङ बढाउन सांसदहरूलाई समेत गुट भित्रै सक्रिय बनाउन थालेका छन् । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् । महामन्त्री डा. शशांक कोइराला दलको नेताका आकांक्षी भए पनि सहमति हुने अवस्था नदेखिए पछि उनी पछि हटेका छन् ।
निर्वाचनकै सन्दर्भमा सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेलले बोहोराटारस्थित निवासमा नेता तथा सांसदहरूलाई खाजा खाने निम्तो दिए । उनले आफ्नो समूह सहित नेता कृष्ण प्रसाद सिटौला पक्षका सांसदहरूलाई समेत आफ्नो निवासमा बोलाएका हुन् । पौडेल निवासमा निम्तो मान्न महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सीतादेवी यादव, डा. मीनेन्द्र रिजाल, डा. नारायण खड्का, गगन थापा, नवीन्द्रराज जोशी, भीमसेनदास प्रधान, दीपकुमार उपाध्याय, बद्री पाण्डे, अफताब आलम सहितका नेता पुगेका थिए ।
यस्तै महामन्त्री कोइरालाले बुधबार निवासमा ‘लन्च मिटिङ’ बोलाएका छन् । कोइरालाले ‘खाना खाएर कुरा गरौंला’ भन्दै सांसदहरूलाई आफ्नै निवास बोलाएका हुन् । दलको नेताका लागि दाबेदारी गर्दै आएका नेता सिंहले भने आफू नेता भएपछि मात्रै भोज खुवाउने भन्दै पौडेलले बोलाएको खाजा मिटिङबाट हाँस्दै बाहिरिएका थिए ।
राजधानीबाट































प्रतिक्रिया