काठमाडौं
काठमाडौंको कलंकीमा रहेको पिनाकल स्कर्लस एकेडमीले २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको प्राङगणमा आयोजित कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । विद्यार्थीले देश प्रेम झल्काउने गित सहित मनोरन्जनात्मक नृत्य समेत प्रस्तुत गरे । अभिभावक दिवसका अवसरमा इतिहासविद् तथा वरिष्ठ साहित्यकार ज्ञानमणि नेपाललाई विशेष सम्मान गरिएको थियो । शैक्षिक क्रियाकलापका साथै बालबालिकामा लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्य सहित आयोजित कार्यक्रममा अभिभावकहरु समेत सहभागि भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार ज्ञानमणि नेपालले बालबालिकाहरुलाई अध्ययन पश्चात देशको सेवामा सर्मपित हुन प्रेरित गर्दै कविता वाचन गरेका थिए । यस्तै विद्यालयका प्राध्यान्ध्यापक निमिराज घिमिरेले विद्यालयको विगत र वर्तमान अवस्थाको समिक्षा गर्दै विद्यालयको शैक्षिक गुणस्तर थप स्तरिय बनाउनका लागि शिक्षक, विद्यार्थी र अभिभावक विच त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध विशिष्ठ ब्यक्तिहरुको सहभागिता रहेको थियो । ६ जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा हाल नौ सय विद्यार्थी अध्ययन गर्दै आएका छन । सो क्षेत्रकै उतकृष्ठ विद्यालयका रुपमा विद्यालयले आफुलाई स्थापित गदै आएको छ ।































प्रतिक्रिया