पोखरा। कास्की क्षेत्र नं. १ का उम्मेदवार राजकाजी गुरुङले सुकुम्बासी समस्या समाधान संगै स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी पहिलो प्राथमिकता भएको बताएका छन् । पोखरा २९ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै गुरुङले स्थानिय जनताका जनभावना र जनचाहाना अनुसार कास्की १ को विकास र समृद्धि हाँसिल गर्न अहोरात्र खट्ने प्रतिवद्धता जनाए।
गुरुङले दलित, सुकुम्बासी, अल्पसंख्यक, पिछडिएका वर्ग र महिलाका अधिकार सुनिश्चित गर्न कानुन निर्माण तथा विकासमा प्राथमिकता दिने योजनासहितको दृष्टिकोण प्रस्तुत गरे। उनले जनताको आधारभूत आवश्यकताका क्षेत्रमा कार्यान्वयनयोग्य पहल गर्ने कुरामा आफू दृढ रहेको बताए।
गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम तीव्र बनाउँदै विभिन्न टोल र बस्तीहरूमा स्थानीय आमा समूह, टोल विकास संस्था र सुकुम्बासी समुदायका प्रतिनिधिसँगको भेटघाट लाई तिव्र पारेका छन् । कार्यक्रममा स्थानिय मतदाताहरुले सामुदायिक भवन निर्माण, खानेपानीको सुविधा र सुकुम्बासीको लालपुर्जा वितरण जस्ता समस्याको समाधान तत्काल गर्न माग गरेका छन्। ५५ वर्षीय चिजकुमारी सुनारले चुनावको बेला मात्रै आश्वासन दिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै स्थायी समाधानको अपेक्षा व्यक्त गरिन् ।
कार्यक्रममा पूर्व सांसद दीपक कोइराला, नेकपा केन्द्रीय सदस्य श्रीनाथ बराल र अन्य बोल्ने नेताहरूले मतदातालाई राजकाजी गुरुङलाई समर्थन गर्न आह्वान गरे। नेताहरूले विकासमुखी, जनप्रिय र प्रतिबद्ध उम्मेदवारको रुपमा गुरुङलाई अघि बढाउन सबै समुदायसँग मिलेर काम गर्न आग्रह गरे।





























प्रतिक्रिया