सिन्धुपाल्चोक
चार वर्ष भित्र सम्पन्न गर्ने गरी सुरु गरिएको मध्यभोटेकोसी जलविद्युत आयोजनाको ६ वर्षमा जम्मा ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । "/>

मध्यभोटेकोसी जलविद्युतको काम कछुवा गतिमा

मध्यभोटेकोसी जलविद्युतको काम कछुवा गतिमा

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक
चार वर्ष भित्र सम्पन्न गर्ने गरी सुरु गरिएको मध्यभोटेकोसी जलविद्युत आयोजनाको ६ वर्षमा जम्मा ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आयोजनाको व्यवस्थापकीय कमजोरीका कारण आयोजनाले गति लिन नसकेको हो ।

सिन्धुपाल्चोकको हाल सम्मकै ठूलो (१ सय २० मेगावाट) यो आयोजना विद्युत प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा सुरु भएको थियो । देशलाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरिरहेका घिसिङको अग्रसरतामा यो आयोजना सुरु भए पनि अहिले उनी प्राधिकरणका प्रमुख हुँदा पनि यो आयोजनालाई समयमा सम्पन्न गर्न चासो नदिएको स्थानीयको आरोप छ ।

सन् २०१३ मा निर्माण सुरु भई सन् २०१७ को जुनमा आयोजना सक्ने योजनाका साथ काम सुरु भए पनि भूकम्प, नाकाबन्दी र भोटेकोसी बाढीका कारण आयोजनाको म्याद थपिएर सन् २०१९ को जुन सम्म पुगेको छ । चिलिमे मोडलमा निर्माण हुन लागेको यो आयोजनामा स्थानीयलाई समेत सेयर दिएर निर्माण गर्न लागे पनि आयोजनाकै कारण ढिलाइ भएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा बताउँछन् ।
राजधानीबाट

Logo