प्रतिनिधिसभा निर्वाचनः सुनसरी–१ मा २६ उम्मेदवारको प्रतिस्पर्धा

प्रतिनिधिसभा निर्वाचनः सुनसरी–१ मा २६ उम्मेदवारको प्रतिस्पर्धा

केन्द्रबिन्दु
45
Shares

धरान। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ मा २६ जना उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये १९ जना विभिन्न राजनीतिक दलबाट र सात जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

यस क्षेत्रमा एमाले, नेपाली कांग्रेस, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।

उम्मेदवारहरूको उमेर ३१ देखि ६८ वर्षसम्म रहेको छ। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ३१ वर्षीय राजकुमार लिम्बु सबैभन्दा कान्छा उम्मेदवार हुन् भने राष्ट्रिय साझा पार्टीका ६८ वर्षीय भुपी राई सबैभन्दा ज्येष्ठ उम्मेदवार हुन्।

मुख्य उम्मेदवारमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्वप्रमुख हर्कराज साम्पाङ, नेकपाबाट सूर्य भट्टराई, नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ र एमालेबाट टिकाराम लिम्बू रहेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरिन तामाङ, नेपाल मजदुर किसान पार्टीबाट महेश श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेसनबाट राजेन्द्र गुरुङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बू, नेपाली जनश्रमदान संस्कृति पार्टीबाट राजकुमार राई, संयुक्त नागरिक पार्टीबाट नरेश विक, उज्यालो नेपाल पार्टीबाट डम्बर लावती, नेकपा संयुक्त पार्टीबाट श्यामनारायण राजधामी, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर लिम्बू, आम जनता पार्टीबाट रायबहादुर विष्ट, जसपा नेपालबाट सञ्जय राई, जसपाबाट नगेन्द्रबहादुर लिम्बू र मितेरी पार्टी नेपालबाट रक्षकुमार राई उम्मेदवार छन्।

स्वतन्त्र उम्मेदवारमा देउमान लिम्बू, सञ्जयकुमार राई, ओमकृष्ण उदास, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्मा, अजय विश्वकर्मा, चेतबहादुर राई र जीवनकला राई रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता छन्। यहाँ ४१ मतदानस्थल र १६१ मतदान केन्द्र तोकिएका छन्।

Logo